कोरियामा मजदुरको तलब बृद्धी अब सरकारले गर्ने


फोनिज कोरिया संवाददाता
सउल
कोरियामा मजदुरको तलब वृद्धीको लागि मजदुर संगठन र कम्पनी मालिकहरुवीचको वार्ता १२ औ पटक बस्दा पनि कुनै निश्कर्ष निकाल्न नसकेपछि अब सरकारको न्यूनतम ज्याला निर्धारण समितीले कम्तिमा ३.७५ देखि बढीमा १३.४५ सम्म बढाउने प्रस्ताब पेस गरेका छन् ।

यसभन्दा अघिल्लो बैठकमा रोजगारदाता कम्पनी मालिकहरुको आफूले ज्याला बढाउन पाउनुपर्ने माग सर्बसम्मतबाट अस्विकृत भएको थियो । त्यसैले अब सरकारको सो समितीले अर्को बैठकमा प्रस्तावीत प्रतिशत अनुसार ज्याला बृद्धी निर्धारण गरिने भनिएको छ । यदी यही आधारमा तलब बृद्धी गरिए अब प्रति घण्टा ६ हजार २ सय ५५ देखि ६ हजार ८ सय ४० वन हुने प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राईले बताएका छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन कायम छ ।

मजदुर र रोजगारदातको समेत सदस्य रहेको सरकारको सो समितीले सोही अनुसार  तलब वृद्धी गरे पनि मजदुरहरुको १० हजार वनको माग कायमै रहने र आन्दोलन जारी नै रहने अध्यक्ष राईले बताए । मजदुर संगठनले प्रतिघण्टा १० हजार वनको माग गर्दै आएका छन भने रोजगारदाता कम्पनी मालिकहरुले अस्विकार गर्दै आएका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...