Advertisement
SKIP THIS

टेरेजा मे बेलायतकी नयाँ प्रधानमन्त्री बनिन


गृहमन्त्री टेरेजा मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । बेलायती महारानीले मेलाई बुधबार बकिघम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि गरेको आग्रह स्वीकार गर्दै मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

यसअघि बुधबार नै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती महारानीलाई भेट गरी पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री नियुक्त भएपछि बोल्दै मेले बेलायतलाई अझ राम्रो बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले सीमित वर्गका लागि मात्र नभई कामदार वर्गका लागि कार्यक्रम ल्याइने आश्वासन पनि दिइन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्री थिइन् । सन् १९९७ देखि मेडनहेड क्षेत्रबाट सांसद निर्वाचित हुँदै आएकी मे मंगलबार मात्र सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मतले निर्वाचित भएकी हुन् ।

बुधबार नै उनले सानाे मन्त्रीमण्डल पनि सार्वजनिक गरेकी छिन् । जसमा लण्डनका पूर्व मेयर बोरिस जोन्सनलाई विदेश मन्त्री नियुक्त गरेकी छिन् भने विदेश मन्त्री फिलिप ह्यामोण्डले अर्थमन्त्रीको जिम्मा पाएका छन् । उर्जा मन्त्री एम्बर रुढले गृह मन्त्रालयको महत्वपूर्ण अवसर पाएकी छिन् भने पूर्व विदेश मन्त्री डा. लियाम फक्सले अन्तर्राष्ट्रिय व्यापारको जिम्मा पाएका छन् । रक्षा मन्त्री माइकल फालोनलाई पुन रक्षा मन्त्रालय दिइएको छ भने डेभिड डेभिसलाई युरोपियन युनियनसित अलग हुने कार्यका लागि मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुमा जोन्सन, फक्स र डेभिस हालै सम्पन्न जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा थिए भने ह्यामोण्ड, रुढ र फालोन बेलायत युरोपियनमा रहनुपर्छ भन्ने पक्षमा थिए ।

बेलायतमा मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्री बनेकी मेको मन्त्रीपरिषदमा महिलाहरुको प्रतिनिधित्व बलियो हुने आँकलन गरिएको छ । गत जुन २३ मा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा जनमत आएपछि सोको विपक्षमा रहेका प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिने घोषणा गरेका थिए । उनको सो घोषणापछि सत्तारुढ दलभित्र नयाँ नेता छान्न भएको चुनावमा मे र एण्ड्रिया लिडसम अन्तिम दुईमा पुगे पनि लिडसमले विवादास्पद अभिव्यक्तिका कारण आफ्नो अभियान अन्त्य गरेकी थिइन् । प्रधानमन्त्रीमा मे सुनिश्चित भएपछि शेयर बजार र बेलायती मुद्राको बजारभाउमा सुधार आउन शुरु गरेको छ । स्रोत ह्वी नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...