अनलाईन खुल्ला कविता प्रतियोगितामा खत्री पुरस्कृत


दक्षिण कोरियामा ईपिएस मार्फत रोजगारको शिलसिलामा कोरिया आएका कवि तथा सञ्चारकर्मी जीवन खत्री विश्व्यापी अनलाईन खुल्ला कविता प्रतियोगितामा पुरस्कृत भएका छन् ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत भएका छन् ।

जसमा पुरस्कृत हुनेहरुमा कवी जीवन खत्रीद्वारा रचित “बालुवाको मरुभूमिबाट” शिर्षकको कविता, इन्नोसेन्ट राजनको कविता “जुनेली र देश”, कवी विकाश अधिकारी ” शैलपुत्र” को रचनामा रहेको ‘सपनाहरुको अवतरण’ शिर्षकको कविता, सुबेन बम्जनको “देश बाँच्न चाहन्छ” शिर्षकको कविता र निलम निश्चल याक्थुङवाको “परदेशको पीडा” शिर्षकको कविता उत्कृष्ट ५ घोषणा भएका थिए ।
उत्कृष्ट ५ लाई नगद जनही ५ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।वुधवार आयोजित उक्त विश्वव्यापी अनलाईन खुल्ला कविता प्रतियोगितामा सय बढि कविताहरुबाट चयन गरिएका उत्कृष्ट ५ कविता छनौंट भएका थिए ।
अनलाईन मार्फत वाचन गरिएको कविताको वरिष्ठ साहित्यकार इन्दिरा प्रसाई र काव्य विशेषज्ञ डा। शैलेन्द्रप्रकाश नेपालले निर्णायक भुमिका निभाएका थिए ।कवि तथा गजलकार खत्रीको ‘मेरो शिखर टाढा छ‘ गजल संग्रह ९२०६५०, ‘जीवन कसका लागि‘ गजल संग्रह ९२०६९० प्रकाशित छन् ।

प्रखर युवा कवि खत्रीले यस अघि राष्ट्रव्यापी खुला गजल प्रतियोगिता राप्ती समाज, काठमाण्डौ २०६८, राष्ट्रव्यापी कविता प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालय २०६९, अन्तराष्ट्रिय कविता महोत्सव नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका, २०१२ जस्ता प्रतियोगितामा भाग लिएर पुरस्कार जित्न सफल भएका भैंसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...