कोरियामा श्रमिकको तलब ७.३ प्रतिशले बृद्धी
फोनिज कोरिया संवादाता
सउल
दक्षिण कोरियामा श्रमिकको तलब प्रतिघण्टा ७.३ प्रतिशत अर्थात ४ सय ४० वन वृद्धी भएको छ । हाल प्रतिघण्टा ६ हजार ३० वनमा बढेर ६ हजार ४७० वन भएको छ भने मासिक १३ लाख ५२ हजार २३० वन हुने भएको छ । थपिएको ज्याला २०१७ सालदेखि लागु हुने छ ।
मजदुर नेताहरु र रोजगारदाताहरु संम्मिलित सरकारको न्यूनतम ज्याला निर्धारण समितीले शुक्रबार बसेको बैठकमा ज्याला निर्धारण गरीएको हो । साझदेखि शुरु भएर मध्यरातीसम्म चलेको बैठक शनिबार प्रातकालिन ४ बजे मतदानबाट निर्णय गरेका थिए । समितीमा रहेका १६ जना मध्ये १ जना मात्र विरोध पक्षमा थिए भने एक जना अनुपस्थित थिए । पछिल्लो समय लगातार बैठक बस्तै आए पनि कुनै निश्कर्ष निकाल्न नसेपछि हिजो बसेको १४ औ बैठकमा ज्याला तोकेको हो ।
प्रतिघण्टा १० हजार वनको माग गर्दै आन्दोलनरत श्रमिक संगठनहरु भने यो निणर्यप्रति असहमित जनाउदै आन्दोलन जारी राख्ने बताएको कोरियन संचारमाध्यले जनाएको छ ।