कहिलेसम्म अस्थिरता हाम्रो देशमा ?
देशमा व्यबस्था बदलियो तर अवस्था बद्लिएन । भुकम्प पीडितहरु ओत छेक्ने पाल नपाएर खुला मैदानमा लडिरहेका छन । नेपाललाई प्रकृती देखी छिमेकीसम्मले मज्जाले रुवाइ सके अब घैटोमा घाम लाग्ने कहिले ? किन पिड़ाको महसुस हुँदैन । देशको लागी लडिरहेका सिपाहीहरुलाई जीउदै आगो लगाएर क्रुर हत्या गरियो । तर देशमा सधै सधै फोहोरि सत्ताको खेल , फोहोरी राजनैतिक धन्दा चलिरह्यो । केहि समय अगाडी अफगानिस्थानको काबुल हमलामा १३ जना विर गोर्खालीको निधन भयो । दैनिक जसो एर्पोर्टमा काठका बाकसमा लास आइरहेका छन । अहिले भोटेकोसिले सिन्धुपाल्चोक तथ अन्य ठाउहरु तहस नहस बनाएको छ खोइ पिर चिन्ता कसलाई छ ? यो सत्ताको खेल कहिले सम्म ? हुन त यो अवस्था सिर्जना गर्ने हामी विर नेपाली जनता नै हौ ।
अब हामी जनताले अरुलाई दोस दिने होइन ।यो देशमा २६ वर्ष मा २२ वटा सरकार फेरियो तर हात्ती आयो हात्ती आयो फुस्सा ! यसरि चल्छ कहिले सम्म ? हुन त हाम्रो सानै देखी लागेको बानी कसैले राम्रो गर्छ भने उसको पक्कै विरोध गरिन्छ अझ सिधा अर्थमा भन्नु पर्दा कोही माथि पुग्छ भने खुट्टा तान्न्ने जन्मिहाल्छ । यो रोग देशमा रहेका नेपालीलाई मात्र होइन विदेशमा रहेका नेपालीमा पनि ब्याप्त छ । यो रोगले विग्राल अवस्था लिइसक्यो तर हामी मौन छौ । हामिले राम्रो कुरामा आवाज उठाउदैनौ तर पार्टीको झण्डा बोकेर हिड्नु पर्यो भने हामी तयारी छौ । यो रोग ममा छ । हामी सबैमा छ । देशमा महिनै पिच्छे सरकार फेरियोस , मलाई सरोकार छैन । तर मेरो देशमा स्थिरता किन आएन ? कहिले आउछ स्थायित्व ? कहिले बन्छ देश आत्मनिर्भर ? कहिले सम्म हामिले अरुसँग भिख मागिरहने ? ?देशमा राणा पछी पंचायत आयो , बहुदल आयो , लोकतन्त्र आयो अनि गणतन्त्र पनि आयो । खोइ देशको परिवर्तन ? कहिले हुने देशको परिवर्तन । जो जती आए पनि राम्रोसँग देखिएका अनुहारहरु हुन । किन पटक पटक यिनैलाई सत्ताको साँचो सुम्पिदिन्छौ हामिले ? हुन त यो पढ्दा पढ्दै कोही कोहीलाई रिस पनि उठ्ला तर म कसै प्रती पनि आक्रोश होइन यो देशको जिम्बेवार युवा हुँ । भुकम्पमा प्राप्त सहयोग के कसरी कुन ठाउमा सदुपयोग गर्ने कुनै योजना आजसम्म छैन । विभिन्न ठाउमा रिक्त पदमा राम्रालाई होइन , अनुभव र योग्यतालाई होइन मेरो र हाम्रालाई भर्ना गर्ने चलन छ । साच्चै नेपाल त यस्तो भएको छ जहाँ जसले जे गरे नि हुने , कुनै चिजको थोक मुल्य रहेन । मोटाउने दैनिक मोटाउदै गएका छन , दुब्लाउने दैनिक दुब्लाउदै , थिचिदै गएका छन । धनी झन झन धनी , गरिव झन झन गरिव । नेपालमा समानता कहिल्यै हुने भएन खानेले खाएको खायै गर्ने , हेर्नेले हेरेको हेरै गर्ने । कुनै पनि चिजको मुल्य रहेन चाहे जे पनि गर्न सक्ने भए । इतिहासले धिकारी सक्यो । नेपाल अघी होइन पछी पछी धकेली सक्यो । राम्रा कुरा होइन दैनिक नराम्रा कुराले बजार लिइसक्यो ।
हामी जनता धेरै जान्ने छौ , धेरै बुझ्ने छौ तर आफ्नो लागी । आफ्नो लागी त जसले पनि गर्न सक्छ , देशको लागी केहि दिने कि ? यो देशमा अन्योलता नै अन्योलता छ । यो अन्योलता , यो अस्थिरता कहिले सम्म ? कुन युगसम्म ???
हाल जापान
( लेखक पत्रकार तथा नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष हून । )