सबैभन्दा धरै राशीको गुनसान नेपाली कप टुर्नामेन्टको टिम दर्ता शुरु


फोनिज कोरिया संवाददाता
सउल

दक्षिण कोरियाको हाल सम्मकै सबैभन्दा धेरै पुरस्कार राशी भएको गुनसान नेपाली कप २०१६ नामक फूटबल टुर्नामेन्टको टिम दर्ता यही जुलाई १० तारिखबाट शुरु भएको छ । तिम दर्ता अगष्ट २७ तारिखसम्म गरिने छ भने त्यसको भोलिपल्ट २८ तारिख टाई सिट सार्वजनिक गरिने छ ।

पहिलो विजेतालाई ३० लाख र दोस्रो  हुनेलाई १५ लाख कोरियन वन पुरस्कार राखिएको यो टुर्नामेन्टको टिम दर्ता शुल्क भने ४ लाख वन राखिएको समाजका निर्देशक अशोक गुरुइ०ले बताए । साथै टुर्नामेन्टको दिन प्रत्येक खेलाडी टिम र दर्शकहरुलाई खानाको पनि व्यवसथा गरिने गुरुइ०ले थपे । त्यस्तै खेलाडीहरु मध्येबाट बेष्ट प्लेयर र हाई स्कोरको पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

सो फूटबल टुर्नामेन्ट कोरियन पर्व छुसकको विदाको पहिलो दिन सेप्टेम्बर १४ तारिख गुन्सान शहरको ओसिक्दो दोंग (सेइ०ग्माल खोइ०वान ) मा खेलिने छ । झल्लाबुक्दोको गुन्सान नेपाली समाजले ओसिक्दो माइग्रेन्ट सेन्टरसंग मिलेर सो फूटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । गुन्सानमा रहेका नेपालीहरुवीच एकता कायम गर्ने उद्देश्यले गठित गुन्सान नेपाली समाजले विभिन्न अवसरमा मनोरञ्नात्मक कार्यक्र गर्दै आएता पनि यसपाली पहिलो पटक फूटबल प्रतियोगिता गर्न लागेको हो ।

कोरियामा रहेका सम्पूर्ण नेपाली फूटबल प्रेमीहरु लाई जमघट गराई नेपाली एकता र सद्भाव दर्शाउन फूटबल टुर्नामेन्टको आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष अशोक गुरुङ ले बताएका छन्। उक्त फूटबल टुर्नामेन्टमा कोरियाका सम्पूर्ण संघ संस्थाका फूटबल टिमलाई  भाग लिनको लागि आयोजकले हार्दिक अनुरोध गरेका छन्।

खेल तालिका:
मिति: १४ सेप्टेम्बर, २०१६ 
समय: बिहान ८ बजे, बाट
दर्ता मिति: १० जुलाई बाट, २७ अगष्ट सम्म 
टाई- सिट प्रकशित मिति: २८ अगष्ट
प्रथम पुरस्कार:- ३० लाख वन
दोस्रो पुरस्कार:-१५ लख वन 
सम्पर्क:
अस्ध्यक्ष: अशोक गुरुङ-०१०३०९६२३०९ 
निर्देशक:-किम क्युङ्ग टाई:-०१०४६३३११२३ 
सचिब:- रिम चोचांगी पुन:- ०१०७२६३२०३३ 
दर्ता सोधपुछ:- अमित योङ्गहाङ्ग लिम्बु:- ०१०५९५४५६२३

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...