म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार, १८ टीमको सहभागिता



सोल, कोरियामा  म्याग्दी घर स्थापना सहयोगार्थ म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा सम्पन्न हुन गई रहेको म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार भएको छ । कूल १८ टीमको सहभागिता रहेको यस प्रतियोगिता जुलाई ३१ तारिख आईतबारको दिन राजधानी सउलको सुयु शहर स्थित खाङबुक छङसोन्यन सुर्यन ख्वान(Gangbuk sports Center) सम्पन्न हुने छ ।
आयोजनामा सहभागि हुन पुरुष भलिबल तर्फ दर्ता गराईएका टीमहरुमा युनिक भिजन ग्रुप, म्याग्दी मोना ए र बी ,स्याङजा परिवार,ठकुरी समाज,तनहुं सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,अन्नपूर्ण दुध पोखरी समाज, बाग्लुङ सम्पर्क समिति,दुर्गा रेष्टुरेण्ट,नेपाल मगर संघ,मेची महाकाली युनाईटेड,राप्ती सम्पर्क मंच,छन्त्याल परिवार,तमुधिं,पुन समाज र अर्घाखांची सम्पर्क मंच रहेका छन । आयोजनाको पहिलो खेल ए पोलबाट म्याग्दी मोना कोरिया बी र स्याङजा परिवार बिच प्रतिष्प्रर्धा हुने छ भने दोश्रो खेल बी पोलबाट दुर्गा रेष्टुरेण्ट र नेपाल मगर संघ बिच दोश्रो प्रतिष्प्रर्धा हुनेछ ।
मोना कोरियाका अध्यक्ष लोक बहादुर बानियाका अनुसार आयोजनामा उपस्थित दर्शकहरुलाई मनग्य मनोरन्जन प्रदान गर्न म्याग्देल सालेजोमा नृत्य प्रर्दशन लगायत मिष्ठान्न खानाका परिकारहरु पस्कने तयारी भई रहेको छ । यस प्रतियोगितामा महिला भलिबल तर्फको टीम दर्ता भने आयोजना स्थलमै गरिने भएको छ । ठीक बिहान १० बजे देखि पहिलो खेल शुरु गरिने भएकोले उल्यखित टीमहरु समयमै उपस्थिति भै दिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...