बसले ठक्कर दिदा चारजनाको मृत्यु, १६ घाइते
सोल, दक्षिण कोरियाको काङवन्दोमा आइतबार बसले कारलाई ठक्कर दिदा रफतारमा गइरहेको अन्य पाँचवटा सवारी साधन एकआपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
बेलुकी ५ बजेर ५४ मिनेट जाँदा सोल जोड्ने योङदोङ हाइवेको टनल नजिकै दुर्घटना भएको कोरियन संचार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रहरीका अनुसार एउटा बसले कारलाई ठक्कर दिदा पछाडि आइरहेका अन्य सवारी साधन ठोकिएर दुर्घटना भएको थियो ।