दक्षिण कोरियामा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै विभिन्न संघसंस्थाहरु पनि खुल्ने क्रममा जारी छ । राजनीतिक, सामाजिक एवं विभिन्न जाती वर्ग र समुदायबिचको दर्जनौं संघसंस्थाहरु बिच केही समय अघि स्थापित सामाजिक संस्था सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला अगष्ट ७ मा हुने भएको छ ।
गर्मि बिदाको अबशर पारेर उक्त भेला गर्न लागिएको संयोजक केशब ब. बामले बताए । उक्त भेलामा ग्रुपको कार्यसमितिको चयन गरिने कार्यक्रम रहेको संयोजक बामले बताए ।
सुदूरपश्चिम घर भै रोजगार तथा अन्य सिलसिलामा दक्षिण कोरियामा रहने सम्पूर्ण सुदूरपश्चिम दाजुभाइ दिदीबहिनीहरुलाई अनिबार्य उपस्थित भै कार्यक्रम सफल पारिदिनु हुन् सुदूरपश्चिम समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।
सम्पर्क , संयोजक केशब ब. बाम ०१०-८६५५-११४८