उनको सम्झनामा आशु पिउदा पिउदै
पिउन नसक्ने भएछु।
जिउदा जीउँदै उनको नाममा जिन्दगी ,
म जिउनै नसक्ने भएछु।
स्वर अनायसै लर्बरयो,
उनको प्रेम को बयान गर्दागर्दै
म मदहोसिमा,
उनको तस्बिर हेरेर बोल्नै नसक्ने भएछु।
मन यसै भक्कानियो ,
उनको कल्पना मा खेल्दा खेल्दै
नयन पुछ्दै हरेक पल्ट ,
दिलको ढोका खोल्नै नसक्ने भए छु।
बन्द भए भट्टीपसल ,
साथीहरूले छाडि गयेछन
बाटो तिर्मियाएर पाइलामा ,
गन्तव्यमा म पुग्नै नसक्ने भए छु।
रात निस्पट अध्यारो भए पछी ,
शहर मस्त निदायछ
म हिड्दै गरेको गल्लीमा बर्बरैउदै,
सुत्न नसक्ने भए छु।
तेहि रातमा भेटनेहरुले मरेको ठानेर,
त्रसिदै हिडे पछी
भुत लखेट्ने कुकुरबाट म टोक्नै नसक्ने भएछु।
भोलिपल्ट झिसमिसेमा ,
कक्रिएर बिउँझे पछी
लाज सरमको पोको लुकाइ,
म भाग्नै नसक्ने भएछु