कालो पोथी
कथा
रातको १२ बजे उनको पाइला हाम्रो घरमा परेको थियो । बोरा भित्र डल्लो पर्दै । कालो रंगकै कारण मैले उनको नाम काली राखेको थिए । निखर कालो शिरमा हल्का रातो रंग मिसीएकोले उनको सौन्दर्य झन खुलेको थियो । उनी हाम्रो घरको पहिलो पाहुना थिइन । उनी जस्ता पाहुना यस अघि हाम्रो घरमा कोही पनि आएका थिएनन् । पहिलो भएकोले होला मेरो मन अचम्भ र खुखी एकसाथ भएका थिए ।
श्रीमानले भित्र छिर्दै ढोका छेउमा ठाडो पारी राखेको बोरालाई देखाउनुभयो र भन्नुभयो — तपाइको उपहार ।
अचम्म हुदै म बोरा छेउमा पुगे । बोरा भित्र खात्राकखुत्रुक आवाज आयो । हत्त न पत्त बोरा खेलेर हेरे उनलाई देखेर मेरो अचम्भको सिमा पार भयो ।
बाहिर निकाले उनलाई निश्चित ठाउँमा अढाउनको लागि खुट्टामा डोरीले बाँधे । उनी नचलमलाई बसिरहिन सोझो भएर । उनलाई सुम–सुमाइरहे । कालो शिरमा रातो छिर्के, सुरीलो चुच्चो , खिरिलो आँखा झन आकर्षक लाग्यो । मुहारदेखि पुच्छरसम्म उनलाई मुसारे । सायद न्यायोपनको आभास भयो होला उनलाई पनि । आज राती यही बस है भन्दै म कोठामा फर्के ।
एक क्षणपछि भ्यार भ्यार आवाज आयो । उनी त उफ्रिदै मथि टेबलमा पो बस्न खोज्दै रहेछ । सुत्नेबेला आवाजले डिष्टर्व गरयो भन्दै श्रीमाले फेरी बोरा भित्रै कोचेर राखे । उनी बोरा भित्र निस्सासीएकी भनेर मन भत भत भइरहयो । शौचालय जाने बहानामा उठेर उसलाई हेरे । अलिकति बोराको मुख खुकुलो पारेर म आए ।
विहान विउझन साथ उसैको याद आयो । हत्त न पत्त उठेर हेर्न गए । मनमा डर लागि रहयो रातभरी निस्सासीएर कतै ….. । बोरा छोए । उनी चलमलाए । मन ढुक्क भयो । छंयागै उज्यालो भएपछि उनलाई कोठा बाहिर निकाले । हामीलाई छाडेर नजावोस भनी उसै गरी खुट्टामा बाँधे । उनको खाना हामीसंग थिएन । भात र पानी बटुकोमा हालेर राखिदिए । दिनभरी सायद त्यस्तै खाएकोले होला उनको विष्टा पनि पातलो आयो ।
यसैगरी उनको एक दिन वित्यो । राती पनि उनलाई सजिलो होला भनेर बाहिरै राखी दिए । उनी शान्त थिइन् । खुट्टामा बाँधे पनि उनले फुत्कने कुनै जमर्को गरीनन् । कती सुवानी मनमा लाग्यो । राती पनि कुनै दुःख दिएन ज्ञानी भएर बसीन् । विहान भयो उठेर फेरी उनीलाई नै हेर्न पुगे । उनी मौन बसीरहेकी थिइन् । उनको विष्टाको संख्या भने बढेछ , पातलो विष्टा भएकोले पनि होला चारैतिर लतपत भएको । झिंगा भन्केको र गनाउन थालेको रहेछ । भूइमा पत्रिका ओछाइदिए । त्यो दृश्य देखेपछि मेरो श्रीमानको मनमा अर्कौ विचारले स्थान लियो । उनी भन्दै थिए — मैले त अस्ति नै भनेको नि यस्तै हुन्छ भनेर , यसरी राख्न सकिदैन । मेरो मनमा चस्का लाग्यो तर पनि कुनै प्रतिक्रया जनाउन सकिन ।
उनको मासु खाएर मलाई बलियो बनाउन भन्दै श्रीमानको साथीले उनलाई उपहारको रुपमा हाम्रो घरमा पठाएका थिए । तर उनको त्यो सुवानी रुपले मेरो मनले त्यसो गर्न मानेन । तर किन किन मेरो मनले उनलाई आहार हैन साथी बनाउन खोज्यो । हामीवीच दोहोरो कुरा कानी नभए पनि उनी पनि प्राणी म पनि उस्तै हामीवीच अन्तर संवाद भयो जस्तै लाग्यो । मेरो कुरा उनले सुने जस्तो लाग्थ्यो । मैले बोल्दा उनको खिरिलो आँखाले बुझे भने झै लाग्थ्यो । उनलाई देखेपछि खै के मोहनी लाग्यो कुनी कस्तो आत्मीयता जाग्यो कुन्नी । उनको हत्या कसरी सोच्न सक्थे र ।
तर यो विचित्र संसारमा मनले एक थोक सोचे पनि व्यवहारमा अर्को हुनु स्वाभाविक मानिन्छ । यस्तै भयो । विचरा अमुक पंक्षी कसरी आप्mनो विचार पोख्न सक्थे र । मर्न त कसलाइ पो मन पर्छ होला र । सायद उनलाई यहाँ मार्न ल्याएको भन्ने सम्म पनि थाहा थिएन होला । कस्तो विडम्बना । बुद्धिजम दर्शनलाई आत्मासाथ गर्दै आउनु भएका श्रीमानको ४० वर्षको अन्तरालमा उनी नै पहिलो बन्न पुगिन । श्रीमानको मनले नचाहे पनि बाध्य भएर त्यो गर्न परयो । हातमा छुरी लिएर श्रीमान कोठा बाहिर निस्के मलाई कोठा भित्र पठाउनु भयो । एक क्षण पछि टुप्पोमा रातो रगत लागेको छुरी लिएर भित्र पस्नुभयो ।
एकै छिनमा कपाल खौरिएको मुडुलो जस्तै मेरी काली पोथी सेतो भइन । त्यसपछि उनको बास फ्रिजको चिसो चिसानमा हुन पुग्यो । केही दिनपछि टुक्रा टुक्रा भएर ग्यास चुलोमथि कराईमा फक फक गर्दै अन्तत कचौरामा टेबलमा सजिइन । कचौरा देख्नसाथ मलाई उनी घरमा भित्रिएको सम्झना भयो । कसरी घाटीबाट छिराउने सम्झदै थिए । संजोग पनि कस्तो , मैले आर्युवेद औषधी खादै थिए यो बेला कुखुराको मासु खनुहुदैन भन्ने थाहा भयो । धन्न , जुरुक्क उठेर हिडे ।