परदेशी जीवन (गजल)
यहाॅ रातदिन सधै काम गर्ने रहेछ परदेश
हाम्रो चाडपर्व केही नआउने रहेछ परदेश
थकाई,स्वास्थ्य,भोक,प्यास लुकाएर
कामगरी श्रमको मुल्य नपाउने रहेछ परदेश
मन भित्र दु:ख लुकाई,पसिनाको थोपा
– थोपाले मालिक हसाउने रहेछ परदेश
अमानविय दुर्व्यवहार, नभएकै दोष
लाउदापनी Yes हजुर भन्ने रहेछ परदेश
आमाको काखमा हुर्के जस्तो आज भात
खान्न आमा भन्न नपाईने रहेछ परदेश
प्रत्येक सेकेण्डमा मृत्यु बोकी हिड्ने हामी
सधै जोखिमको कामगर्दै रम्ने रहेछ परदेश
रजवारा- १ प्युठान
हाल:दक्षिण कोरिया