कोरियामा बुछान अन्तराष्ट्रिय फिल्म फेष्टीभल शुरु
फोनिज कोरिया संवादाता
सउल
कोरियामा २० औ अन्तराष्ट्रिय शान्दार चलचित्र महोत्सव विहीबार बुछन शहरमा शुरु भएको छ । महोत्सवमा ४९ देशका ३ सय २० चलचित्र प्रदर्शन गरिने छ । जसमा २ सय १० फिचर फिल्म छन भने ११९ वटा छोटा चलचित्र प्रदर्शन गरिने छ ।
११ दिनसम्म चल्ने महोत्सवमा विश्वका ५२ अन्तराष्ट्रियका २५ एसियाका ७२ र कोरियन ८८ चलचित्रको प्रिमियर शो गरिने छ । महोत्सवमा उत्कृष्ठ चलचित्रको पुरस्कार राशी २ करोड कोरियन वन रहेको छ । कोरियन शानदार फिल्म अवाडको राशी १ करोड वन रहेको छ।
त्यस्तै अन्तराष्ट्रिय र कोरियन चलचित्रबाट छानिएको बेष्ट शर्ट फिल्म अवार्डको राशी ५०।५० लाख वन रहेको छ । महोत्सवमा सामेल चलचित्रहरुलाई, बेष्ट एसियन फिल्म अवार्ड, जुरी च्वाइज, अडियन्स अवार्ड, उत्कृष्ठ अभिनेता र अभिनेत्री लगायत १८ विधाका पुरस्कार प्रदान गरिने छ ।