“आइएम सरी” कथा


दिनभरि गोल्डेन गेटको रमाइलो  यात्रा, बे साइडमा सिरिरी चलेको हल्का शितल बायुको स्पर्स  अनि मनलाई सधै शितलता प्रदान गर्ने निलो आकाश मुनिको निलो सामुद्रिक तट ।  यथार्तमा रमिरहेका जो थिए त्यस रंगमंचमा,  म भने आफ्नो अतित  सम्झेर भावनामा एक्लै हराएको  थिए । लाग्दै थियो सन्जोग पनि कस्तो, यस्तै समय जुरेको रहेछ मेरो अतीतलाई वर्तमान बनि मेरो सामु आउन । एक मनले लाग्छ, जुन सन्जोग छ एकदम ठिक छ, जहाँ मैले केहि समय भए पनि आफ्नो भौतिक व्यस्ततालाई भुलेको छु, अर्को मनले भन्छ म आफै आफूभित्र सिमित हुँदा मेरो यथार्त के होला ?   भनाइ छ नि  बनमा डढेलो लग्यो भने सबैले देख्छन्  तर मनमा सल्किएको आगो कसैले देख्न सक्दैन  ।

हो, आज दशक पछाडि मलाइ पनि मेरो अतितले जलाएको छ, निको नहुने चोटले  फेरि  मलाई जिन्दगीमा नराम्ररी घायल बनाएको छ  । दिलाशाको परिवार हुनुमा उनको के दोष थियो ? उनको छोरी  थियो, श्रीमान थियो, यसको मतलब उनको मन थिएन र ? उनले आफ्नो जीवन आफैले बाच्न  चाहेकी थिइन् , आफ्नो चाहना अनुसारको संसार खोजेकी थिइन्   तर अफसोच उनलाई मैले सपना मात्र दिए तर यथार्त दिन  सकिन । अहिले पनि सम्झिन्छु म, उनले सुनाएको बेदनाहरु जहाँ उनि एक्लै संघर्स गरिरहेकी थिईन्  । आफ्नो परिवारको खातिर, आफ्नो बच्चाको खातिर उनि  सिर्फ जिउदो लास बनेर बाचेकी थिइन्  अनि  आफ्नो परिवारको खुसि जसले उनको शुखमय जीवनको कामना गर्दै सुम्पिएका थिए कसैको साथमा । यो चमत्कारिकरुपमा भएको संचार सुबिधा प्रति पनि खेद लागेको छ मलाई  । सायद यो फेसबुक नहुने हो भने कम्तिमा मैले कसैको जीवनमा सपना जगाएर भत्काउन सम्म त सक्दिन थिए । पश्चातापको आगोले मेरो मन जलाएको छ, मुटु छिया छिया पारेको  छ,  तर घायल शिकारी भएर बाच्न शिवाय म संग कुनै विकल्प बाकि रहेको छैन । किनकी म नै थिए उनको यथार्थ उप्काउने अनि म नै थिए सपना बाडेर उनिवाट टाढा भाग्ने ।

सुनैसुनको घहनामा पुर्णरुपमा सजिएकी शुन्दरीको  तस्बिर देखेको थिए फेसबुकमा अनि मैले नै उनलाई साथी बन्नको लागि अनुरोध गरेको थिए । शुरुमा उनि लामो समय सम्म कैयन पल्ट  बोलाउदा पनि बोल्न सम्म मानिनन्,   तर मेरै अथाह प्रयास पछि उनिसंग कुरा गर्ने मेरो सपना पुरा भयो । म अमेरिका आएको लगभग शुरुवातीको दिन थियो  त्यो । मास्टर डिग्री पढ्नको लागि यहाँ मैले मेरो पाइला राखेको थिए जहाँ हजारौ सपनाहरु हरेक दिन जन्मिन्छन् त कैयौ सपनाको अधुरै मृत्यु हुन्छ । मेरो चाहना उनीसंग त्यसरी नजिकिने कुनै थिएन किनकी मैले उनको सम्पूर्ण जानकारी फेसबुक बाटै पाइसकेको थिए । उनि एउटा बिबाहित महिला थिइन्, त्यतिमात्र होइन एउटा छोरी पनि लगभग दुइ अढाई वर्षको  थियो ।

परिचय पछि नै हाम्रो दुख सुखको आदान प्रदान भएको थियो । उनिको बोलीबचन अनि हरेक क्रियाकलापवाट म प्रभावित बन्दै गएको थिए । अनि बिस्तारै मैले नै हासो र ठट्टाको पारामा उनलाई मन पराएको कुरा बताएको थिए । उनको जबाफ थियो ” एउटा आमा भैसकेको मान्छे संग पनि माया लाग्छ र ?” उनले पनि ठट्टाको भरमै जबाफ दिएकी थिइन्  ।  मैले पनि जबाफ दिए ” माया प्रिती भन्ने चिज नै यस्तो हो जसलाई न त उमेरले छेक्न सक्छ न त कुनै बैबाहिक सम्बन्धले नै छेक्न सक्छ, कसैलाई प्रेम गर्नु अपराध होइन, तिमी एउटा आमा भैसकेकी युवती हो मलाई थाहा छ तर यति भन्दैमा मैले तिमीलाई माया गर्नु अनि तिमीले मलाई माया गर्नु कुनै अपराध होइन । होला हाम्रो सामाजिक परिधिभित्रका साँघुरो सोचाइभित्र, तर मायालाई त्यति साँघुरो घेराभित्र राख्नु त्यो तिमी  र म जस्तो सज्जन अनि शिक्षित मानिसको भुल हो ” । यसरि नै मैले पनि आफ्नो भावनाहरु राखेको थिए  । लामो समय सम्म उनि आफु बिबाहित भएको अनि आमा भैसकेको बिषयलाइ लिएर माया प्रिती प्रतिको कुनै सोच विचार नभएको बिचारमा अडिग भैरहिन् । मैले पनि रिसाएको पारामा भनिदिए; “त्यसो भए तिमी मलाई माया गर्दैनौ रहेछौ म संग अबदेखि  नबोल्नु ” उनले पनि  हुन्छ भनि । समय त्यसरी नै बगिरह्यो ।

मैले उनलाई नबोल भने पनि मेरो मनभित्र पलाएको उनिप्रतिको भावनाहरु त्यतिकै  मार्न  सकिन । मनभित्रै अनेक कुरा  सोच्दै गर्दा उनको फेरि एउटा म्यासेज आयो , “अपराज! हामी के साथी मात्र हुन सक्दैनौ  ?” । त्यसपछि भने मलाई अर्को अवसर प्राप्त भएको थियो  उनि संग नजिकिने । त्यहि बहानामा फेरि शुरु भयो हाम्रो सम्बन्ध, साथीकै हैसियतले  उनिसंग नजिकिए, उनको हरेक सुख दुख संग नजिक पुगे । उनि पनि आफ्नो सारा यथार्त बताउन थालिन् ।  दिलाशा र मैले बिताएका परिवेश अनि उमेरको हिसाबले पनि हामी उस्तै  भएकोले हाम्रो सोचाई र बिचारहरु धेरै नै मिल्दो जुल्दो थियो  । उनि आफ्नो बास्तबिक जीवनका सारा कथाहरु मलाई सुनाउन  थालिन् ।

उनि ग्रामिण भेगमा जन्मिएकी एक शिक्षित महिला थिइन्, धरानमा बि बि यस पढ्दा पढदै आफन्तले एक धनाढ्य व्यक्ति उनको हात माग्न सहयोग गरेका थिए । उनको  परिवारले  छोरीको भबिस्य उज्जवल हुने खुसीले उनलाई त्यहि व्यक्तिको साथमा बिहे गरिदिए । उनि पनि बिबाह पछि काठमाडौँ  उनका श्रीमान संगै सरीन । श्रीमान व्यापार गर्थे, त्यसैले उनि भने  आफ्नो पढाईलाइ  निरन्तरता दिन चाहिंन र  प्रस्ताब राखिन् । उनले सोचे भन्दा परिणाम बिपरित आयो । उनका श्रीमान अर्थात् जनक उनलाई पढाउने पक्षमा थिएनन् ।  उनको पढ्ने प्रस्ताब अस्विकार भए पछि उनको खुसीको दिनको अत्य त्यहि भएको थियो जहाँ उनले बाध्यतामा आफ्नो सपनाको हत्या गर्नु पर्यो । त्यसैले उनले आफु आफ्नो परिवार र छोरीको लागि मात्र बाचिरहेको दुखेसो पोख्थिन् । हरेक दिन जस्तो हुने हरेक बिषयमा संधै म उनलाई शान्त्वना दिने गर्थे । जीवन नै संघर्स हो, हार्न हुन्न भनेर हरेक दिन उर्जा थप्ने काम गर्थे ।

उनीसंग बोल्न नपाएको दिनहरु मलाई किन किन नरमाइलो लाग्थ्यो, मलाई थाहा थियो उनि र मेरो यथार्त फरक छ तैपनि, मैले उनलाई माया गरे । मेरो मनले त्यसै भन्यो;  कसैलाई माया गर्नु पाप होइन । उनि घरिघरि गुनासो पोख्थिन्,  “तिमीसंग पहिले किन भेट नभाको होला हगि ?” मेरो जवाफ हुन्थ्यो;  ” दिलाशा तिम्रो बैबाहिक सम्बन्धप्रति मेरो कुनै शिकायत छैन, शायद भाग्यमा तिम्रो र मेरो भेट यहि समयमा हुन् लेखेको होला, त्यसैले हामीले यो चुनौती  लिनु पर्छ,  सजिलो बाटो त जो पनि हिड्छ निथाहा छ तर अप्ठेरो अनि चुनौतीसंग लड्न  सक्नु नै जीवनको यथार्तता हो ” ।  मेरो भनाइसंग उनि सहमत हुन्थिन् ।  यसरी नै हाम्रो मायाको दुरी भौगोलिक रुपमा जति टाढा भए पनि मानसिकरुपमा यति नजिक भयो  कि नङ  र मासु जस्तै ।

भाग्यमा लेखेको भन्दा बढी केही पाइन्न अनि समय भन्दा अघि कोही जान सक्दैन भन्ने यथार्त ममा पनि लागु भयो । सायद मेरो भाग्यमा यति नै लेखेको रहेछ । एकदिन अचानक उनको फेसबुक वालमा  उनको हासीखुसि परिवारको फोटो देखे । म नि एउटा मान्छे न हो, आफुले माया गरेको अनि आफुले मनमा राखेको मान्छे अरुसंग खुसि भएको कसरी हेर्न सक्छु र ? त्यसदिन म सारै रोए, मेरो मन रोयो, मेरो भावनाको बस्ति उजाडियो ।  बास्तबमा मैले जसलाई माया गर्दै थिए त्यो केवल मेरो भ्रम रहेछ, म त्यस भ्रमको पर्दावाट निस्कन जरुरी छ,  किनकी उनि यदि त्यहि संसारमा सुखमय जीवन बिताउदै छिन् भने मैले त्यो संसार किन खोस्ने ?  त्यहि सोचेर उनीबाट टाढिने कोशिस गरे । उनलाई माया नगरेको भने होइन, न त उनलाई चोट पुर्याउन खोजेको नै हो । तर मैले उनलाई यी सारा यथार्त भन्न भने सकिन, आफै म टाढा भए ।

उनले आफ्ना  भावनाहरु छताछुल्ल पोखेर मनका अनेकन बेदनाहरु कैयन पल्ट पठाइन्   तर मैले जबाफ दिनबाट आफै रोके आफुलाई । यति सजिलो भन्ने पक्कै थिएन त्यो निर्णय, तर जब जब उनको याद आउथ्यो, उनको खुसि अनि सुखी परिवारको तस्बिर मेरो सामु नाच्न पुग्थ्यो  अनि म जल्थे आगो बिनानै ।  यसरी  नै उनलाई भुल्ने बहानामा फेसबूकबाट पनि ब्लक गरे । त्यसपछी सदाको लागि उनिसंगको सम्पर्क टुट्यो । बिस्तारै बिस्तारै मैले उनलाई भुले । त्यसको एक वर्ष पछि  जुनु  न्यु योर्क वाट सान फ्रान्सिस्को  घुम्न आएको समयमा भेट भयो  । मैले दिलाशालाइ भुल्न सकेको त थिइन् तर जीवन यथार्तमा बाच्नु थियो त्यसैले थोरै समयको चिनजान पछि हामी बैबाहिक जीवनमा बाधीयौ  । बिबाहको केही समय पछि म पनि सदाको लागि न्यु योर्क सरे ।

जीवनमा अनेकन्  उकाली ओराली चढियो ।  सोचे जस्तो  नहुने रहेछ जीवन , म जुनु संग पनि दिलाशाको जस्तै आचरण खोज्छु त्यो नपाउदा कतै मैले जीवनमा गरेको गल्तिको सजाय त पाएको छैन भन्ने आभासले मुटु चसक्क घोच्छ  ।  हिजो न्यु योर्कवाट सान फ्रान्सिस्को घुम्नको लागि आएको मेरो परिवार  । हाम्रो लागि भन्दा पनि आठ बर्सको छोरो बिबेकको समर भ्याकेसनको समय  हो यो । आज बिहान साथी चन्द्रको रूममा अचानक एउटा पुस्तक  टेबलमा भेटे,  पुस्तकको नाम थियो; ” आइएम  सरी ” । दिलाशा हरेक बोलचालको क्रममा  केहि गल्ति हुन साथ  आइम सरि भन्थिन् मानौ   यो उनको बोल्ने शैली हो  । पुस्तकको लेखक को रहेछ भनेर बढो उत्सुकताको साथ् हेरे, बैजनी रङमा लेखकको नाम थियो  दिलाशा ।

म छागाबाट झरे जस्तै भए,  त्यतिको हाम्रो सम्बन्धमा मैले कहिले पनि अन्दाज गरिन उनि एउटी लेखक हुन् । मेरो मनमा अनेक तरङ्ग फैलियो । तर त्यो पुस्तक राम्ररी हेर्न नपाउदै हाम्रो बाहिरने समय भैसकेको थियो । दिनभरि रमाइला   दृस्यहरु आँखाले  मात्र हेर्यो तर मनले अर्कै कुरो महशुस गरिरहेको थियो । अनुतरित यक्ष प्रश्न मेरो सामु आइरह्यो । आखिर यो पुस्तकको पात्र  को होला ? कतैं उनले मलाई नै त पात्र बनाइनन ?  किनभने मैले नै हो उनलाई उनको जीवनको नयाँ  सपना देखाएर टाढा भागेको ? के यो यथार्त सांचिकै  मेरो सामु एउटा कथा बनेर  आयो भने  ? आज दिनभरिको घुमाईसंगै यिनै अनुतरित प्रश्नहरु मेरो दिमागमा आइरह्यो  साँझ मित्र चन्द्रको घरमा आइसके पछि हिम्मत गरेर पुस्तक मागे अनि आफ्नो कोठामा लागे । मलाई त्यो पुस्तक संगको भेटले किनकिन उनि अर्थात् मेरी कुनै दिनकी राजकुमारी संग भेट भएको महसुस भयो, म भित्र जति प्रस्न जन्मेका थिए क्षणभरका लागि भुले अनि पुस्तकलाई आफ्नो सिरानीमा राखेर त्यहि कल्पनामा एकपल्ट पुग्न मन लग्यो जहाँ म भौतिकरुपमा नभए पनि उनिसंग काल्पनिक संसारमा शयर गरेको थिए ।

सबै कुरा भुलेर मेरो बलियो बाहुपासमा बाधे उनलाई अनि भने,  दिलाशा ! मलाई माफी गर है । म साँचीकै स्वार्थी छु यो दुनियाँमा, तिम्रो नजरमा माफी गर्न लायक सम्म छैन । तर जेहोस आज तिमीलाई भेटे मेरो मर्नु भन्दा अघिको एउटा कामना पुरा भयो । म यसरी आफ्नो कल्पनामा उनलाई भन्दै थिए  । त्यो पुस्तकसंग को भेट मेरो लागि वास्तविक दिलाशा संगको भेट जस्तै बन्यो, त्यसैले म त्यहि पुस्तकसंग आफ्नो भावना पोख्न थाले ।  यी सारा अतितसंग अनि आफ्नै मनसंग  खेल्दा खेल्दै समयले एक फन्को घुमीसकेछ । रात बितेर बिहान भैसकेछ, पत्तै भएन । अचानक जुनुको श्रीमान ज्यु जागै आज  ? कुनै कारण छ कि ? भन्ने प्रश्नले मेरो भावना अनि कल्पना छताछुल्ल हुन्छ अनि फेरि बाध्यताको यो यथार्त भुमरीमा मन नपरी नपरी आउछु, भावनालाई अनि मेरी अतितका उनीलाई पर सार्दै  ।

प्रतिक्रियाको लागि [email protected]
लेखकलाई भेट्न सक्नुहुनेछ यहाँ पनि  www.indirasite.com

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...