जनजाति महासंघ कोरियाले विद्यार्थि सहयोगार्थ चलचित्र प्रदर्शनी गरयो
फोनिज कोरिया संवाददाता
सउल
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले नेपालमा अध्यापन गराइरहेको ३ विद्यार्थिलाई सहयोग गर्ने उद्देश्यले सउलमा आइतबार नेपाली कथानक चलचित्र गाजालु प्रदर्शन गरेको छ । कोरियाको राजधानी सउलको झोगेसा गुम्बामा प्रदर्शन गरिएको हलमा दर्शकको भब्य उपस्थीती रहेको आयोजकले जनाएको छ ।
महासंघद्धारा पूर्ण छात्राबृद्धीमा आवासीय सुविधा सहित पोखरामा पढाउदै आइरहेको दुर्गम जिल्ला डोल्पाको ३ जेहेनदार विद्यार्थिलाई सहयोग गर्न चलचित्र प्रदर्शन गरिएको हो । अब नगरौ अज्ञान्ताको भूल , हरेक बाल बालिका पठाऔ स्कूल भन्ने नारा सहित आयोजना गरिएको चलचित्र हेर्न दर्शकको उपस्थिती बाक्लो रहेको थियो ।
हालका चर्चित चक्लेटी नायक अनमोल केसी र मिस नेपाल सृष्टी श्रेष्ठद्धारा अभिनित चलचित्र गाजालु हेर्न दर्शक निकै उत्साहित थिए । चलचित्र हेरेपछि ओमेन फर ओमेनका अध्यक्ष मल्लिका थकालीले चलचित्र राम्रो लागेको र अन्तमा भावुक बनाएर आँशु आएको प्रतिकृया दिएका थिए । अर्का दर्शक धनुजा राईले पनि चलचित्र राम्रो लागेको प्रतिकृया दिएका थिए ।
जिवित देवी कुमारी प्रथामा आधारित चलचित्र गाजलुले पुरानो रुढीवादी परम्परालाई उजागार गर्दै समय सान्दर्भिक सन्देश दिन चलचित्र सफल भएको दर्शकहरुको बुझाई रहेको छ । चलचित्र गाजालु कोरियाको अन्य शहर पुसान र थेगुमा पनि प्रदर्शनी गरिने छ ।
पछिल्लो सयम दाक्षिण कोरियामा नेपाली चलचित्र प्रर्दशनीको लहर नै चलेको छ । नयाँ चलचित्र आउन साथ कोरियाको लागि अनुबन्धीत हुन थालेको छ । यसै सिलसिलामा जुलाई २४ तारिख आइतबार दुई नेपाली कथानक चलचित्र भिन्न भिन्नै मुख्य शहरमा प्रर्दनी गरिएको छ ।
हालका चर्चित चक्लेटी नायक अनमोल केसी र मिस नेपाल सृष्टी श्रेष्ठद्धारा अभिनित चलचित्र गाजलु सउलमा पहिलोपटक पर्दशनी गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले नेपालमा अध्यापन गराइरहेको बालबालिकाको आर्थिक सहयोगको लागि