यायोक्खाले साकेला नगर्ने
रोशन राइ
सोल-किराँत राइ यायोक्खा दक्षिण कोरियाले बिगतको बर्ष झैँ यो बर्ष को मे १७ तारिक आईतवारको दिन मनाउने भनिएको साकेला , यो बर्ष स्थगित गरेको छ ।
बैशाख १२ गते सनिबार र त्यस्तै बैशाख २९ गते नेपालको कालो दिन , बिनाशकारी महाभूकम्पले अतुलनीय मानवीय क्षती साथै भौतिक संरचनाहरु ध्वस्त पारेर सिङ्गो नेपाल र बिश्वभरिको सारा नेपालीहरुमा शोक छाएपछी यो बर्ष सदा झैं ढोल झ्याम्टामा साकेला नाँच ननाँचिने साथै सामान्य भुँमी पूजा समेत नगरिने निर्णय मे ३ तारिक किराँत राइ यायोक्खाका बैठकले निर्णय पारित गरेको थियो ।
यायोक्खाले उक्त मे १७ मै उडाइने(खोलिने) भनिएको भाज्ञशाली चिट्ठा पनि पछि मिति तय गर्ने गरि स्थगित गरेको छ ।
त्यस्तै यायोक्खाले महाभूकम्पमा परेर दिवंगत भएका आत्माहरुको चिर शान्तिको कामना, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ एवंम शोक सन्तप्त परिवार्:जनहरुप्रती गहिरो समवेदना प्रकट गर्दै पिडीतहरुको राहतको लागी एक भएर जुट्न समेत सबैलाई अनुरोध गरेको छ ।
किराँत राइ यायोक्खा द कोरियाले भूकम्प पिडीत हरुको लागी राहत संकलन अभियान संचालन गरिरहेकोले त्यहाँबाट जम्मा भएको सहयोग रकम प्रधानमन्त्री राहत कोष मार्फत नभै किराँत राइ यायोक्खा केन्द्रीय कमिटिका पदाधिकारिको रोहबरमा सरकारी निकायको अनुमती तथा समान्वयमा राहतको आवश्यक सामग्रीहरु प्रत्यक्ष पिडीत समक्ष गएर चाँडो भन्दा चाँडो उपलब्ध गराइने समेत बैठकले निर्णय गरेको हो ।