भुकम्प पीडितलाई सहयोगार्थ “फोटो तथा संस्कृति प्रदर्शनी”
निश्चल काउचा
सोल-नेपाली बिधार्थी समाज कोरिया सोनसिकले सोल महानगरपालिका तथा एनआरएन कोरियासंगको सहकार्यमा नेपालका भूकम्प पिडित बिधार्थी एवं बालबालिकाको सहयोग गर्न यहि मे १७, आइतबारका दिन सोलमा फोटो तथा संस्कृति प्रदर्शनी आयोजना गर्ने भएको छ |
प्रदर्शनीमा नेपालको भूकम्पका क्रममा खिचिएका बिभिन्न फोटोहरु,नेपाली खान स्टल, नेपाली मौलिक सामग्रीको प्रदर्शनी तथा भूकम्पक क्रममा दिवंगतहरुको सम्झनामा सेतो रिबन टास्ने तथा दिप प्रज्ज्वलन कार्यक्रम रहको सोनसिकले जानकारी दिएको छ |
सोल महानगरपालिकाका मेयर पार्क वोन सुन लगायत अन्य बिशिस्ट पदाधिकारीको सहभागिता हुने सो कार्यक्रममा रुपमा उठेको सम्पूर्ण रकम भूकम्पवाट भत्किएको बिधालय निर्माण र पिडित बालबालिकाको छात्रवृत्तिमा लगानी गरिने सोनसिकले जनाएको छ |
उक्त कार्यक्रममा सम्भव भए सम्म राष्ट्रिय पहिचान झल्कने पोशाकमा उपस्थित भई दिन हुनको निम्ति कोरियामा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई संस्थाले अनुरोध गरेको छ |
मिति: २०१५-मे १७ तारिक, आइतबार
स्थान : Gwanghwamun Square – 광화문광장, Gwanghwamun station, line No 5, Exit -9, Seoul
समय : बिहान ११.०० बजे देखि ४.०० सम्म
थप जानकारीको लागि –
बिमल सुबेदी – ०१०८४०८२१३५