सपना यस्तो देख्नु छ जसले सुत्न नदेओस


सपना यो होईन जुन सुतेको बेला देखिन्छ, सपना त त्यो हो जसले मानिसको निन्द्रा हराम गरिदिन्छ वा आफ्नो लक्ष्य प्राप्तिको लागि सुत्न छोडिन्छ । सुत्न तब छोडिन्छ जब हामी भित्र केही गर्ने ईच्छा, केही बन्ने ईच्छा मनमा पैदा भई हामीले आफ्नो क्षमता अनुसारको ईच्छालाई पहिचान गरी खुल्ला मैदानमा छोडिन्छ । जसरी दौडको मैदानमा घोडालाई उतारिन्छ जित्नको लागि विचरा घोडालाई के थाहा जित के हुन्छ, उ त सिर्फ मालिकले दिएको आदेश वा कुटाईको कारणले अगाडी बढीरहन्छ ।

त्यसै गरी हामी भित्रको लक्ष्य सहितको ईच्छा शक्तिलाई जगाईदिए पछि स्वतः नचाहेर पनि त्यसमा लगातार लागिरहन बाध्य गराउँछ वा कर्म गर्न बाध्य बनाउँछ । सुतेको समयमा देखेको सपना त हामीलाई याद पनि रहन सक्दैन । सपनामा रहनु जेलसम्म सबै थोक थियो, जब सपनाबाट बाहिर आईन्छ केही छैन खाली हात हुन्छौ, अनि त्यही सपनालाई हामी सम्झने कोसीस गर्छौ वा काशः यो सपना सच भईदिए कति राम्रो हुन्थ्यो भनेर कल्पना गर्छाै । तर जुन दिवा सपना खुल्ला आँखाले देखिन्छ, न केवल हामीलाई याद रहन्छ, बल्कि यसले हामीलाई सुत्न पनि दिदैन, बारबार झक्झकाईरहन्छ । “सपना उही साचो हुन्छ, जुन दिवा सपना खुल्ला आँखाले देखिन्छ” । जसले खुल्ला आँखाले सपना देख्छन कि त उ महान हुन्छन् कि त बन्नेछन । अब्दुल कलामले भनेका छन् “महान सपना देख्ने मानिसको महान सपना हमेशा पुरा हुन्छ” ।

सपनाले यो बताउछ कि हामी जीवनमा के चाहन्छौ, हाम्रो जीवन कस्तो हुनु पर्छ ? भविष्यमा म कस्तो मान्छे बन्न चहान्छु ? प्रगतिको बाटोमा हाम्रो न्युनतम उपलब्धी के हुनुपर्छ ? रियलमा जिवनमा हरेक सफलताको मार्ग सपनाबाट प्रारम्भ हुन्छ । हर व्यक्तिले सपनामा यो देख्छ, जुन वर्तमानमा हुदैन, किन्तु भविष्यमा अवश्य हुन चहान्छ । व्बलभ च्यदभचतक ले भनेका छन् “सपनामा या वास्तविकतामा हामी त्यस्तो चिजलाई देख्छौ, जुन हाम्रो लागि अर्थपुर्ण हुन्छ” । हरेक बच्चाले सपना देख्छ कि म भविष्यमा डाक्टर बन्छु, ईन्जिनियर, पाईलट, वकिल, बिजनेशमेन, पत्रकार, गायक, डान्सर, राजनितिज्ञ या सामाजिक सेवाधारी वा सामाजिक अभियन्ता । यही सपनाले बच्चाको भावी जिन्दगीलाई स्वतः उद्देश्यको बाटोमा लिएर जान्छ ।

मनुष्य जीवनको इतिहासले बताउछ कि सफलता र प्रगतिको कहानी सपना बाट सुरु हुन्छ ।Harriet Tubman ले भनेका छन् “हरेक महान सपनाको शुरुवात एक स्वप्नदृष्टाबाट शुरु हुन्छ, याद राख्नुहोस तपाईको भित्र त्यो शक्ति छ, क्षमता छ र धैर्य छ, जसले तपाई तारालाई छुन सक्नुहुन्छ र यस दुनियालाई बदल्न सक्नु हुन्छ” । पछिल्लो शताब्दीमा मानिसले वायुयानको कल्पना पनि गरेको थिएन । आकाशमा उडेको चराचुरुंगीलाई देखेर कसको मनमा प्रश्न उठ्दैन होला र म किन उड्न सक्दिन यो प्रश्न ज्यादातर बालबालिकाको मनमा धेरै उठ्छ । राईट ब्रदर जसले चराचुरुंगीको उडानलाई एक सपना दिए यदि म पनि यस पंक्षीको जस्तै आकासमा उड्न सके कति राम्रो हुन्थ्यो । अनुभव गर्न थाले कि आकाशमा पखेटा फिजाएर उड्दा कति आनन्द र रमाईलो हुन सक्छ । यही सपनालाई बोकेर अगाडी बढ्दै गए सयकडौ प्रयोग पनि गर्देै गए । सफलता र असफलता दुवै हात लागे । तर पछि विस्तारै विस्तारै यस प्रयोगले एक उचाई लिदै गयो अन्ततः सफल भएरै छाडे । यसको पछाडी अथक परिश्रम र लक्ष्यमा अडिग भएर आशा र विश्वासको साथमा लागिरहनु यसको ठुलो हात थियो । तर आज भोली वायुयान साधारण मानिसको लागि पनि साधारण कुरा भएको छ । आज त विज्ञानले यति ठुलो चमत्कार गरिसक्यो कि समुन्द्री सतह देखि आकाश सम्मको उचाई पनि नापी सकेका छन् ।

के तपाईसँग पनि कुनै त्यस्तो ट्यालेन्ट छ वा केहि गर्ने ईच्छा छ जुन अरुको भन्दा विल्कुलै अलग छ ? त्यसो भए आज देखि नै आफ्नो सोचलाई एक उर्जाको रुपमा सपना रचना गर्नु होस । जसमा पहिला सोच्नुहोस सोच एक बिज जस्तै हो र अब हामी विचार गरौ हामी विज कस्तो राप्दै छौ आँपको वा अमिलोको विज, तपाई जीवनमा के चहानुहुन्छ ? यस बिजलाई राप्नको लागि हामीलाई पहिला मलिलो जग्गाको जरुरत पर्छ । मलिलो जग्गाको मतलव हो हाम्रो माईन्ड कस्तो किसिमको छ ? बन्जर जमिन जस्तो भएर बसेको छ कि या त सुख्खा जमिन पो छ कि या त मरुभुमी जस्तै छ । हाम्रो माईन्ड जमिन जस्तै हो ।

यहा हामी जति मेहनत गर्छाै त्यति नै सफलता हासिल गर्दै जान्छौ । विउ रोप्यो अनि मल जल नगरी त्यसै छोडेर गयो त्यस पछि बाली उठाउन खोजेर मात्र हुदैन । त्यसको लागि लगातार आफ्नो सोच विचार, लक्ष्य, ईच्छा शक्ति र विश्वासको शक्तिलाई मलजलको रुपमा लगाईदियौ भने आफसे आफ हामीले रचना गरेको सपनाले आफ्नो गति लिएर जान्छ । यसै सम्बन्धमा Erma Bombeckले भनेका छन् “हाम्रा सबै सपना साचो हुन सक्छ, जब विश्वासका साथमा त्यसलाई पुरा गर्ने सहास देखाउछौ” । यसको लागि अव तपाईले रोक्न खोजेर पनि रोक्न सक्नु हुन्न किन कि एक वार अवचेतन माईन्डले विश्वास गरी सके पछि त्यो काम हर हालमा काम गराएर नै छाड्छ । तर पनि माईन्डमा कुनै पनि किसिमको सपनाको बारेमा डाउट फिल भयो भने वा कुनै बाधा अड्चन भएमा यो हाम्रो सपना बिचमानै टुट्न सक्छ जस्तो मैले यो सपना पुरा गर्न सक्दिन, मेरो क्षमता भन्दा बाहिर छ, मेरो आर्थिक अवस्था कमजोर छ, दुनियाले मानेको कुराहरु वा स्वयंले मानेका कुराहरु हाम्रो माईन्डमा छ भने समयमा नै गोडमेल गर्न जरुरी छ । कहिले काही के हुन्छ भन्दा लक्ष्यको नजिक पुग्न लागेका हुन्छौ तर अचानक मानसिक शक्ति कम हुनाले गईरहेको ट्रयाक भन्दा पछि हट्छौ । जब सम्म विचार, ईच्छा, संकल्प तथा कार्यक्षमतामा पुरै एक अर्कामा मेल खादैन, तव सम्म दुनियाको कुनै पनि व्यक्ति सफलताको शिखरमा पुग्न सक्दैन । विचार गर्नुहोस, विचारलाई ईच्छाको रुप दिनुहोस र ईच्छाको उर्जालाई संकल्पमा ढाल्नुहोस यही संकल्पलाई कर्मको विधीद्धारा त्यो आकार दिनुहोस जुन तपाई दिन चहानुहुन्छ । सबै भन्दा पहिला सपना देख्नुहोस ।

अहिले साठी हजार नेपाली युवाहरुले आफ्नो तथा देशको आर्थिक अवस्था सुदृढ बनाउने सपनाको शहर दक्षिण कोरीया बनेको छ जँहा आउनको लागि कुनै पनि शैक्षिक योग्यताको जरुरत पर्दैन त्यसैले पढ्न लेख्न सक्ने देखि डिग्री पास गर्ने सम्म कोरीयामा आएको छन वा आउने तयारीमा रहेका छन् । तर यहा आउनको लागि जति सपना देख्न सजिलो छ त्यति नै गाह्रो कोरीया आउनको लागि छ । किन कि यहा आउन भन्दा पहिला भाषा परीक्षा पास गर्नु पर्ने हुन्छ । भाषा परीक्षा उसले उसले पास गर्न सक्छ जसले कडा मेहनतको साथमा मन लगाएर पढ्छ, मेहनत उसले गर्न सक्छ जसले भविष्यको बारेमा व्यवहारिक सपना देख्न सक्छ । कोरीया गएपछि आउने परिवर्तनको महसुस जसले गर्न सक्छ उसले तन मन लगाएर जरुर पढ्छ ।
नेपालको ऐतिहासिक ईतिहासलाई हेर्दा पनि जब पृथ्वीनारायण शाहले गोरखाको डाडाबाट काठमाडौलाई हेरेर यो बाईसे चौवीसे राज्यलाई एकीकरण गरी एउटै नेपाल बनाउने योजना सहितको दिवा सपना नै देखेका थिए । त्यसैको फलस्वरुप हामीले आफुलाई नेपाली भन्न पाएका छौ । भ्चmब द्ययmदभअप भन्छन “एक समयमा कुनै एक सपनाको मालिक एक नै हुन्छ त्यसैले सपना देख्ने मानिस एक्लै हुन्छ” । जसरी अहिले नेपाली प्रधानमन्त्री केपी शर्मा वलीले देश विकासको लागि केही तत्कालको लागि असम्भव जस्तो देखिने योजना ल्याएका थिए जुन दिवा सपना देखेको भन्दै खिल्ली समेत उडाएर एक्लो बनाए ।

ज्यादातर मानिसमा यो लागु हुन्छ कि हामीले ठुलो सपना पुरा गर्नु त परै जाओस, ठुलो सपना देख्न पनि सक्दैनौ कारण हो सिर्फ स्वयंलाई नै विश्वास गर्न सक्दैनौ वा स्वयंमा भएको क्षमतालाई देख्दैनौ । आफ्नो जिन्दगी अरुको हातमा हुन्छ मतलब कि मेरो कामको बारेमा अरुले के सोच्छ, अरुले के भन्छ ? भविष्यमा के बन्छु भनेर आफ्नो बारेमा जान्न ज्योतिषीको पासमा कुन्डली लिएर जान्छौ । र त्यसमा चाहि मेरो भविष्य यस्तो रहेछ भनेर मख्ख पर्छाै भने आफुले आफ्नो भविष्यको बारेमा देखेको सपनालाई वेवास्ता गर्छाै ।

हर कोई सपना देख्छ ठुलो या सानो जो सुकैले पनि सानो सपना त पुरा गरेको हुन्छ तर ठुलो सपना भने धेरैको पुरा भएको हुदैन त्यसैले भनिन्छ कि सपना सपनामा नै सिमित भयो भनेर भन्छौ । कारण हामी सपना देखेर आरामसँगले ओच्छ्यानमा सुते जसरी सुत्यौ भने यो कुनै पनि सपना भएन । जस्तो कि हामी हिड्दै जाँदा मन पर्ने बंगाला गाडी देख्यौ अनि मेरो पनि भविष्यमा यस्तै गाडी र बंगाला हुन्छ भन्यौ अनि आएर आरामका साथमा सुत्यौ भने यो पुरा हुन सक्दैन । सपना पुरा जब हुन्छ तव त्यसको लागि सुत्न छोडिन्छ वा कर्ममा पुरा ध्यान लगाईन्छ ।

आफ्नो बारेमा सपना त सबैले देखेका हुन्छन तर म सबैलाई आफ्नो देशको बारेमा सपना देख्ने चुनौती दिन्छु, त्यस सपनालाई कर्ममा बदल्ने चुनौती दिन्छु, आउनुहोस हामी सबै मिलेर आफ्नो देश नेपाललाई दुनियाको सबैभन्दा “सुन्दर, शान्त र सक्षम देश नेपाल” बनाऔं । दुनियालाई सपना देख्ने मानिस चाहिन्छ, काम गर्ने मानिस चाहिन्छ, सबै भन्दा धेरै दुनियालाई यस्तो सपना देख्ने मानिस चाहिन्छ जसले काम गर्छ ।

(राजयोग प्रशिक्षक पुष्प श्रेष्ठ,www.facebook.com/pooushipaमा लाईक गरी फलो गर्न सक्नुहुन्छ)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...