विश्वव्यापी अनलाइन मुक्तक प्रतिगोगितामा ऋषी बस्ताकोटी उत्कृष्ठ
विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता २०१६ मा क्यानाडाबासी ऋषी बस्ताकोटी उत्कृष्ट भएका छन् । २०३ औं भानुजयन्तीको उपलक्ष्यमा खुल्ला विश्व नेपाली साहित्य महासँघ शाखा इजरायल र शाखा साउदीले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा दक्षिण कोरियाबाट कवि जीवन खत्री दोस्रो भएका छन् भने संगीता पनेरु (नुवाकोट) तेस्रो र तुर्कीबाट बिन्दा लामा तृष्णा चौथो भएका छन् ।
विश्वभर छरिएर रहेका मुक्तककारहरुलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएर लैजान तथा स्रस्टाहरुलाई अझ हौसला दिदै अगाडि बढ्न प्रेरित गर्ने उदेश्यले आयोजना गरेको उक्त प्रतियोगिताका लागि राखिएका नियमभित्र रहेर देश प्रेम, संस्कार संस्कृति, प्रवृत्ति प्रणय, समाज, राजनीति, विकृति विसंगती जस्ता विषयमा केन्द्रित रहेर विश्वभरबाट आएका मुक्तकहरुको प्रतिष्पर्धामा सहभागी विजयी प्रतियोगि सहित सहभागि प्रतियोगिहरुलाई आयोजकले विशेष आभार व्यक्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई सम्मानापत्रसहित आठहजार नगद गरिने भएको छ । त्यस्तै दोस्रो हुनेलाई पाँचहजार, तेस्रो पुरस्कार राशी तीनहजार र सान्त्वना पाउनेलाई १ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।