नेसासले स्मारिका बिमोचन गर्ने
निश्चल काउचा
सोल – नेपाली साहित्य समाज दक्षिण कोरियाले विश्वभरि छरिएर रहेका साहित्यकारहरुलाई एउटै मालामा उन्ने उदेश्यका साथ प्रकशित गरेको स्मारिका यहि मे २४ तारिखका दिन सोल स्थित दोङ्गदेमुनको डीआर ईन्टरनेशनलमा भव्यताको साथ् बिमोचन गरिने भएको छ |
सन् २०१२ मा स्थापना भएको यस साहित्य संस्थाले कोरियामा रहेका साहित्यकारहरुलाई एकत्रित गर्दै समय-समयमा साहित्य प्रस्फुटन गर्ने चौतारीको रुपमा काम गर्दै आईरहेको छ | प्रवासमा बसेर पनि नेपाली साहित्यलाई योगदान दिने हेतुका साथ अगाडी बढिरहेको संस्थाले आफ्नो चौथो बार्षिकीमा प्रकाशित गरेको स्मारिका नेपालमा रहेका मूर्धन्य साहित्यकारहरुका रचनाका साथमा विश्वभरि छरिएर रहेका स्रष्टाहरुको रचना समावेश गरिएको छ |
साथै उक्त कार्यक्रममा कोरियन र नेपाली साहित्यकारहरुको रचना पनि सुनिने कुरा संस्थाले जनाउदै कोरियामा रहनु हुने सम्पूर्ण साहित्यिक मनहरुलाई आफ्ना रचनाका साथमा उपस्थित हुन् पनि आग्रह गरिएको छ |
मिति – २४ मे २०१५
स्थान – दोङ्गदेमुन ( ट्रेन लाईन १ र ४ को ३ नम्बर गेट ) डीआर ईन्टरनेशनल
समय – दिनको १२ बजे
थप जानकारीको लागि –
प्रगति राई – ०१०३९८१३४८०
झबिन्द्र बेल्बासे – ०१०५९४०९४२८
अनिल शर्मा सुबेदी – ०१०४३६२३५७५
गंगा पौडेल – ०१०५९६९७७१०
प्रविण राई- ०१०६८७३९४२२