तामाङ संघले छुसक सांगीतिक कार्यक्रमबारे वृहत भेला गर्ने
मेघप्रसाद वाईवा तामाङ ,सोल -नेपाल तामांग संघले छुसक सांगीतिक कार्यक्रमबारे वृहत छलफल गर्ने भएको छ ।कोरियन चाड छुसकलाई लक्षित गरि यहि जुलाई ३१ तारिख आइतबार सो वृहत भेला गर्न लागेको हो ।
दोङ्देमुन स्थित लक्ष्मी रेस्टुरेन्ट एण्ड बारमा छुसक सांगीतिक कार्यक्रमको बारेमा वृहत छलफल गर्न लागेको तामांग संघले जनाएको छ ।
संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रोजगारीका लागि प्रवेश गरि नेपाल तामाङ संघमा आबद्ध सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , सल्लाहकार , शुभेच्छुक ,व्यापारी , पत्रकार , विद्यार्थी ,खेल मेनेजर लगायत खेलप्रेमी खेलाडीहरुलाई उक्त दिन अनिवार्य उपस्थित भैंदिन आग्रह गरेका छन् ।
नेपाल तामाङ संघले यो भन्दा अगाडि सन २००९ मा “छुसक सांगीतिक सौगात २००९”नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।
विस्तृत जानकारी
वृहत भेला
मिति: २०१६ जुलाई ३१ तारिख आईतबार
समय: दिनको १२ बजे
स्थान :लक्ष्मी रेस्टुरेन्ट एण्ड बारमा