म्याग्दी रनिइ० कपको उपाधी बाग्लुइ०को हातमा
फोनिज कोरिया संवादाता
सउल,
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले आइतबार सउलमा सम्पन्न गरेको म्याग्दी रनिइ० कप २०१६ प्रतिस्र्पधात्मक पुरुष भलिबल प्रतियोगतामा बाग्लुइ० सम्पर्क समिति कोरिया प्रथम भएका छन् । बाग्लुइ०ले १२ लाख वन पुरषकार सहित शिल्ड, मेडल र प्रमाणपत्र थापेका छन् ।
त्यसैगरी कास्की परिवारले दोस्रो स्थान हासिल गरी ९ लाख पुरस्कार थापेका छन् भने सेमी फाइनलमा पुगेका युनिभिजन ग्रुप र छन्त्याल परिवारले सान्तवना पुरस्कारवापत ३ ।३ लाख वन थापेका छन् । बाग्लुइ० कै अर्जुन थापा उत्कृष्ठ खेलाडी घोषना भए संगै ट्रफी र १ लाख वन पुरस्कार हात पारेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्रीले पुरस्कार प्रदान गरेका थिए । खेलमा १८ टिम प्रतिस्पर्धामा भिडेका थिए । तोकिए समय भन्दा केही ढिलो प्रतियोगिता शुरु भएकाले रातको १ बजे खेल सम्पन्न भएको थियो ।
प्रतियोगितामा पुन समाज र नेपाल मगर संघका महिला टिमले पनि मैत्रीपुर्ण भलिबल खेल खेलेका थिए । कोरियामा म्याग्दी घर निमर्णाथ प्रयोगिता आयोजना गरिएको हो ।