Advertisement
SKIP THIS

कोरियाबाट बिद्यालयलाई सहयोग


सपोर्ट नेपाल फाउण्डेशन दक्षिण कोरियाबाट नेपालको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौं शहरको नजिक रहेर पनि भौतिक पूर्वाधारको अभावमा अति दयनीय अवस्थामा रहेको चन्द्रगिरी नगरपालिका ९ माता तिर्थस्थित श्री महालक्ष्मी निमाविलाई हालै दक्षिणमा रहेको प्रवासी नेपालीहरुको सामाजिक संस्था सर्पोट नेपाल फाउण्डेशनले एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । सपोर्ट नेपाल फाउण्डेशनका संस्थापक सदस्य हरिकृष्ण श्रेष्ठले उक्त विद्यालयको भ्रमण गरेर विद्यालयको अवस्थाबारे बुझेका थिए ।  सहयोग रकम संकलन गरेर पठाइ सकेको र उक्त रकमबाट विद्यार्थीका लागि आवश्यक फर्निचर तथा कार्यालयमा चाहिने भौतिक सामाग्रीका लागि खर्च गरि सकेको संस्थापक सदस्य हरिकृष्ण  श्रेष्ठले जानकारी दिएका छन्  ।
विसं. २०४५ सालमा स्थापित विद्यालयमा १० जना शिक्षकसहित एकसय २५ जना विद्यार्थीहरु रहेका छन् । विद्यार्थीहरुका लागि आवश्यक बेन्च नभएकोले विद्यार्थीहरुले भुईमै बसेर पढ्ने गरेका थिए । त्यस्तै पुस्तकालय र अफिस कोठा समेत बेहाल रहेको थियो । ज्यामी काम गर्ने तथा अत्यन्त न्युनस्तरका परिवारका छोराछोरीले अध्ययन गर्दै आएको विद्यालयको अवस्था पनि अति नै नाजुक रहेकोले यहि विद्यालयलाई सहयोग गरेको हो ।
सपोर्ट नेपाल फाउण्डेशनले नेपालमा भूकम्प प्रभावित विभिन्न विद्यालयहरुको पुननिर्माण जस्ता कार्यदेखि थुप्रै सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको छ ।

13898662_995373807236864_1658601447_o

13838342_809384579163424_906974812_o

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...