मेरो कल्पनामा अबको नेपाल
कोरिया-एकै नासे होचा होचा घरहरु, घरको अगाडी सुन्दर फुलको बगैंचा ।घर भित्र एउटै मात्र सुन्दर परिवार ।चौबिसै घन्टा बिजुली बत्ती अनि पानी ,इन्टरनेट्को सुबिधा, फोनको त कुरै नगरौं हात हातमा स्मार्ट फोन ।
यो बस्ती भन्दा अलि टाढा अग्ला अग्ला घरहरु तर सबै भुकम्प निरोधित ।त्यहाँ पनि चौबिसै घन्टा बिजुली बत्ती र पानी अनि त्यो बिशाल भवन भित्र काम गर्ने मान्छेहरु अति ब्यस्त ।मानौं यि मान्छेहरु कहिल्यै काम गरेर थाक्दैनन् ।
धेरै फराकिलो दुर्इ तल्ले सडक गाडिको उस्तै चाप तरपनि टिंटिं र ट्वांट्वां हर्नको आवाज कतै नसुनिने । मान्छेहरु सडकको छेउबाट मात्र एक दुइ जना हिडिरहेको त्यो पनि कहिलेकाही ।लाग्छ यहाँ मान्छेहरुलाई हिड्न फुर्सद नै छैन ।
कतै खुला ठाउँ जहाँ सभा भैरहे जस्तो तर मान्छेको उपस्थिती न्युन तर उपस्थित ब्यक्तिहरु सभ्य र भलादमी । मानौं यहाँका मान्छेहरु राजनितिक कुरा सुन्न आउंदैनन बरु सामाजिक सन्जालबाटैं थाहा पाउंछन् र बुझ्छन् ।
लामो कपाल अनि मुन्द्रा लाएको अल्लारेहरु कतै भेटिन्न।सबै योङ जेनेरेसन सभ्य ।वाह सडकमा देखिने जवान युवतीलाई हेर्ने फुर्सद नि छैन । म्युजिक सुनेको हो कि खै हो ? हातमा स्मार्ट फोन अनि त्यो संगैं जोडिएको इयरपाmोन कानमा ।सायद कलेज हतार हतार हिड्दै गरेका होलान सबै ।
त्यो रत्न पार्क तिर सुन्तला र बदाम केलाउदै खाएर दिन बिताउनेहरु कता गाएब हो कता ? मान्छेहरु त कतै देख्दै देखिन्नन्, भेट्दै भेटिन्नन । कतै हराएको आफ्नो सामान र पर्स पनि पुलिस दाइहरुले खोजी खोजी घरमै ल्याइदिने । कती राम्रो प्रधान मन्त्री होस या राष्ट्रपति यहाँका सबैं पद,तह र वर्गका मान्छेहरु सँगैं एउटै लाममा उभिएर खाने र हिड्ने ।
यहाँका पत्रकारहरुलाई त लेख्ने बिषय नै छैन खाली आर्थिक समाचार मात्रै हेड लाईन । हिंसा र बलत्कार त कुन चरीको नाम हो खै ? फुर्सद भए पो हिंसामा उत्रने ? आफ्नो गर्ल फ्रेन्ड नहुने वा अबिबाहितहरु सरकारले बनाइ दिएको रेड लाईट एरिया छिरे पछी बलात्कार हुने कुरा नि भएन ।
हरेकलाई स्वतन्त्रत्रता छ त्यसमा पनि महिला अधिकार शक्तशाली छ कोरियामा आफ्नो मनखुशिले लुगा लाउन पाउछन् युवतीहरुले ।
बस चढ्ने हो कि ? ट्रेन हो ? जुनमा मन लागो त्यहिं ।जाबो यती सानो देश । कती सफा! कती सुन्दर्! आहा! सभ्य र बिकसित म चाहन्छु मेरो देश पनि यस्तैं होस् ।
मेरो देश गौतम बुध्द र सगरमाथाको भनेर चिनाउनै पर्दैन । दुनियाले चिन्छन त्यसै । आहा! मेरो कल्पनामा महाभुकम्पपछिको अबको मेरो देश नेपाल यस्तैं शुन्दर,शान्त र विकसित होस ।