यसपालीको ओलम्पीक खेलमा सबैभन्दा कान्छी खेलाडी नेपाली चेली
फोनिज कोरिया संवाददाता
काठमाडौं
ब्राजिलको रियो डे जेनेरियोमा आगामी अगष्ट पाँच तारिखबाट शुरु हुने ओलम्पीक खेलमा सबैभन्दा कान्छी खेलाडी नेपाली चेली गौरिका सिंह भएकी छिन् । उनको उमेर मात्रै १३ वर्ष भएको छ । साने उमेरदेखि नै पौडीमा उत्कृष्ठ हुदै राष्ट्रिय खेलाडी बन्न पुगेकी सिंहले गत फेब्रवरीमा भारतको गोवामा सम्पन्न साउथ एसियन खेलमा रजत र काश्य पदक जित्न सफल भएकी छिन् ।
सिंहले ओलम्पिकमा महिलाको १०० मिटरको बैकस्टोरमा प्रतिस्पर्धामा उत्रने छन् । ११ वर्षको उमेरदेखि नै प्रतियोगितामा भाग लिन थालेकी सिंहले सात राष्ट्रिय रेकर्ड समेत तोडेका छन् । गत आइतबार पहिलो पटक आफू ओलम्पिकको लागि चुनिएको थाहा पाउदा विश्वासै नगालेको बताए ।
नेपालमा जन्मेको २ महिनापछि वेलायत पुगेका सिंह गत वर्ष आमा गरिमा र भाई सौरीनसंग राष्ट्रिय च्याम्पीयनको लागि नेपाल आएकी थिइन् । त्यही बेला नेपालमा भूकम्प गएको थियो । त्यसबेला आफूलाई पाचौ तलामा बसेको र निकै डर लागेको बताए । १० मिनट जती कोठाको टेबलमुनी बसेको अनुभव पनि साटिन ।
उनका पिता पारसका अनुसार आफ्नो छोरी सफलताको हकदावी भएका बताउछन् किन कि गौरिका विहान चार बजे नै उठेर अभ्यास गर्दै कडा मेहनत गरिरहेको छ ।