कोरियामा अबैधानिक कामदार पक्राउ
फोनिज कोरिया संवाददाता
काठमाडौं-दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ । कारोबार दैनिकमा समाचार छ ।
अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फकाईरहेको छ ।
अध्यागमनले हालै ख्वान्जुस्थित प्लाष्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरि स्वदेश पठाएको छ । १२ वर्षअघि कोरिया आएका उनी लुकेर बस्दै आएका थिए । यसअघि छनान क्षेत्रबाट १८ जना नेपाली पक्राउ परेका थिए ।