युवा हामी के साच्चिकै स्वाभिमानी बन्दै छौ त ?


मानब संसारमा जो कोही पनी आफ्नो बेग्लै पहिचान र अस्तित्व  बनाउन चाहान्छ । स्वाभिमान, स्वतन्त्र रहन सधै आफ्नै समयको रफ्टारमा दौडिरहेको हुन्छ । यस मानब संसारको बिचमा हामी नेपाली समाज र नेपालीहरूपनी आ – आफ्नो क्षेत्रबाट बेग्लै पहिचान र स्वाभिमान बनाउनकोलागी हामी  २१औ शताब्दीका शिक्षित बर्गहरु तछाडमछाड गरिरहेकाछौ र गरिरहनेछौ । हाम्रो इतिहासको पाना भित्र पनी हामी नेपाली र नेपालीसमाजको स्वाभिमानको परिभाषा यत्रतत्र भेट्न सकिन्छ ।  हो पक्कै पनी मानव जो जस्तो सुकै जहा सुकैको होस उ उसको स्वाभिमानलाई सधै उच्च राख्न चाहान्छ र स्वतन्त्र रहन चाहान्छ यो आवश्यक र व्यक्तिगत  अधिकार हो ।स्वाभिमानी बन्न संघर्ष र व्यवहारको परिणाम आफुले मुल्यांकन गरेर होईन समाजले दिने एउटा अमुल्य उपहार हो । हाम्रो नेपाल  र हाम्रा पुर्खाको स्वाभिमानको इतिहासलाई हामी कसरी जोगाउदै छौ त ? यो २१औ शताब्दीका हामी नेपाली यूवाहरू साच्चिकै स्वाभिमानी बन्दै छौ त  ? यी प्रश्नहरू हामी यूवाको बिचमा अहिले निकै गहकिलो बन्दै गईरहेको छ । जो कोही यूवालेपनी यी प्रश्नको आत्मसातगरी जबाफ खोज्न जरूरी छ जबाफ अरूबाट नभई आफैबाट पुरा गर्नु पर्दछ ।

दार्शनिक वैज्ञानिकहरू भन्छन प्रश्न नगरी प्रगती हासिल हुदैन यस्तै गरी हामी यूवामाझ माथी उल्लेखित प्रश्न हरू निकै ठुलोरूपमा देखा परेको छ । वास्तवमा मानव अन्धविश्वास र भ्रममा बॉच्न बडो सजिलो छ ।प्रश्नले जबाफ खोज्दछ र जबाफको खोजी कठिन हुन्छ । मान्छे प्रश्नहरूकै संगालो वा उत्पादन हो र प्रश्नकै कठिन बाटो हिडेर सभ्यता बनाउने हो । तथापी सामान्यतया मान्छे सजिलो जीवन खोज्दछ । जिन्दगीको जटिल प्रश्न  तिर लाग्नु भन्दा भ्रम र अन्धविश्वासको सहज वृत्ति  रोज्दछ प्राय । यस्तै प्रवृत्ति हामी यूवा माझ निकै ठुलो समस्या  बन्दै गईरहेको जस्तो व्यवहार जताततै छटाछुल्ल देख्न सकिन्छ । अहिलेको प्रविधिको युगमा सञ्चारले संसार लाई एउटै तारमा जोडेको छ यो अबस्थामा हामी नेपाली यूवाहरूपनी इन्टरनेटको प्रयोग व्यापकरूपमा गरिरहेकाछौ र अति जरूरी पनी हो । संसारमा निकै लोकप्रिय सामाजिक सञ्जालहरू फेसबुक ,ट्विटर जस्ता बिभिन्न सञ्जालहरूमा हामी नेपालीहरू पनी आफ्नो भोक प्यास निद्रालाई त्यागेर भएपनी निकै सक्रिय  छौ । हो समय अनुसारको प्रविधि प्रयोग गर्नु सबै मानबको लागी जरूरी हो तर प्रयोगको तरिका मात्र फरक-फरक हुनु हो । यसर्थ मैले यहा हामी स्वाभिमानी प्रसड़्ग मा यो बददो सामाजिक सञ्जाल प्रयोगको बिषयलाई जोड्न महत्वपूर्ण ठानेर केही चर्चा  गर्न चाहान्छु किनकी हामी एक व्यक्ति  स्वाभिमान बने समुदाय र राष्ट्र  स्वाभिमान  बन्ने छ र हामी नेपाली यूवाहरू कुन बाटो  हिड्दैछौ सत्यताको धरातलमा रहेर सत्यलाई सत्य र गलतलाई गलत भन्न जरूरी छ ।

सामाजिक सञ्जाल हामी युवाहरूको लागी विचार,बिश्लेषण,टिप्पणी आफ्नो आचरण व्यवहार देखाउने गतिलो माध्यम बनेको छ । बिचार बिश्लेषण  टिप्पणी  गर्न पाउनु नितान्त आफ्नो व्यक्तिगत अधिकार हो तर हामी युवामाझ अलिबढी नकरात्मक पक्षको विकास भयो की रु जुन सही र गलतलाई अली छुत्याउन सकिराछैनौ की तरिका मात्र फरक हो रु अली गम्भीर हुनेकी रु हाम्रो व्यक्तिगत  स्वाभिमान कसरी अगाडीबढी रा छ रु सबैले राम्रो संग मुल्यांकन  गरौ । फेसबुक को स्क्रीन अहिले निकै हेर्नेलाई पो लाज भने जस्तै रड़्गिएकाछन हामी अली धेरै आवेगमा आएको त होईनरु देशको बिग्रदो राजनीतिकले हामी सबैलाई नराम्रो प्रभाब पारेयो की रु नेपालको कुर्सी कै वरिपरी घुम्ने राजनीति ले हामी युवालाई चाहिने भन्दा धेरै राजनीति सिकायो की सब स्वार्थको ज्ञान मात्र दियो की रु किनकी अहिले फेसबुक ट्विटर जस्ता  सामाजिक सञ्जालमा एक राजनीतिकदलका समर्थक ले आर्को दललाई जे पायो जस्तो पायो टिप्पणी गर्ने एक अर्कालाई दोषारोपण गर्ने भेट भएत मारामार गर्ने गरी नै आवेगमा आएर दोहोरीको रमिता हेरिनसक्नु छ  कोही युवा को त काम नै यई होकी जस्तो देखिन्छ । कुनै एउटा पार्टीले समाजमा राम्रो काम गरोस तर यहा आफ्नो  पार्टीले नगरे त्यो खराब भन्ने प्रबृती निकै मौलाएको छ । हामी युवाहरू अब केही व्यवहारिक हुन सिक्नु पर्दछ । दुधलाई दुध र पानीलाई पानी भन्न सक्नु पर्दछ । हाम्रो गलत प्रबृती भो भने अब आउने नया सन्टतीले  के सिक्ने रु हामी सकरात्मक सोच लिएर अगाडी बढौ र अबको नया पुस्तालाई सकरात्मक सोच सिकाऔ र स्वाभिमानी   नागरिक बन्ने बातावरण सृजना गरौ ।

अब हामी युवाहरू के साच्चिकै स्वाभिमानी बन्दै छौ त यस्तै व्यवहार ले रु एक पटक सबैले सोच्न जरूरी छ । संसार निकै अगाडी पुगीसकेको छ  हामी नेपाली यसरी किचलो गर्दै अझै कती समय पछाडी रहिरहने तपाई हाम्रो काधमा छ यो जिम्मेवारी । संसार हेर्दा विकिलिक्सको विधुतिय पन्नाबाट नया सञ्चार क्रान्ति  ल्याईदिने जुलियन आसान्ज भएको युगमा छौ हामी । जहा मार्कजुकर बर्ग जस्तो युवाले दुनियालाई फेसबुकको जादुई संसारमा भुलाईदिएको छन , वही पाईरेट बेका युवाहरूले कला साहित्यलाई एकाधिकार गर्ने कर्पोरेट दुनियालाई चौनौती दिन टोरेन्टको आधी चलाईदिएकाछन । यस्तो चुनौतीपूर्ण युगमा हामी भने नेपालको नराम्रो राजनीतिक खेललाई सर्वोपरि  मानी सडकमा टायर बाल्न देखी समाजमा हो हल्ला गर्न अगाडी छौ । जो एउटा युवाले आफ्नो भविश्य देखी समाज र राष्ट्र  प्रतिको आफ्नो दायित्वको बारेमा सोच्ने फुर्सद छैन । दार्जिलिंग र कुमाउ, गढवाल हाम्रो थियो भनेर भुतकालको स्मृतिदंशमा बाच्छौ हामी । किनभने हामीलाई नेपालको शिक्षाले भुतकालमा बाच्ने आदत सिकाईयो , वर्तमानमा होईन । समस्या, गल्ती कमिकमजोरीलाई ढाक छोप गर्न सिकाईन्छ खुलाएर समाधान र सुध्रिने उपाय सहित समाधान  निकाल्न होईन त्यसैले हामी आज २१औ शताब्दीसम्म समय संगै परिवर्तन  हुनसकिरहेका छैनौ  ।

त्यस्तै पुरानो सस्कार प्रवृत्तिमा फसिरहेका छौ  त्यसैले त भनी रहन्छौ हाम्रो स्वाभिमान गोर्खाली , पृथ्वी नारायण शाह , गौतम बुद्ध , सगरमाथा यस्तै यस्तै मा मख्ख छौ हामी अब हामी कसरी स्वाभिमान  बन्ने भनेर त कहिले सोच्छौ र रु हामी अरूकसैको केही व्यर्थमा झुम्न रमाईलो मान्छौ अर्थात अर्कैको दिमागले हामीलाई चलाईरहेको छ र हामी फगतमा चलिरहेका छौ । जस्तो अहिलेको सामाजिक  सञ्जालहरूमा निकै रमाईरहेका छौ जो कोही विपक्ष  संग झगडा गर्दै । कसै केटीको नक्कली नामबाट प्रोफाईल बनाउदै कसैलाई लुट्न भ्याईरहेका छौ कसैको फोटो काट्दै जोड्डैछौ टाउको एउटाको अरु अरूको होस अनी गलत समाचार  सम्प्रेषण  गरिरहेकाछौ यसको नतिजा कस्तो आउला हामी कहिले सोच्ने कोशिश  गरेयौ रु यो अहिले भैरहने हामी यूवाको दैनिकी हो। कोही फसिरहेकाछौ कोहीले फसाईरहेका छौ कोहीले हेरीरहेका छौ ।ईन्तरनेत मा हामी अहिले जती समय दिएर धेरैसंग व्यर्थमा राजनीतिक या अरूकुनै बिषयमा किचलो गरिरहेका छौ त्यतिनै समयमा खोज अनुशन्धान गरेर संसारभर को ज्ञान लिने कोशिश गर्नोस संसार त्यही ईन्तरनेतबाट एक एक देख्न सकिने छ  जुन भोलीका दिन तपाईका छोरा छोरीले प्रश्न सोद्ढा समेत धुक्कले उत्तर दिनसक्नुहुनेछ । त्योबेला हिनताबोध नहोस कसैलाई।यो अर्थ मा मैले भन्न खोजेको नचाहिदो प्रशंगमा धेरै नभुलौ समयलाई सही सदुपयोग गरौ भन्ने मात्र हो । कि यो हाम्रो रमिता नेपालको सरकार ढाल्ने र बनाउने जस्तै नहोस ।

हुनत नेपालमा अग्रज व्यात्तित्वहरू पनी त्यही किसिमको वातावरण सृजना गरिरहेका छन नकी लाखौ बेरोजगार यूवाहरूको आफ्नो दृद ईच्छाशक्ति क्षमता को प्रयोग गरेर सुनौलो भबिश्यको खोजीमा आ-आफ्नो क्षेत्रमा लाईनमा प्रतिक्षारत हुन्छन तर यहा यस्तो भैदिन्छ की फेसबुक प्रोफाइल मै अर्धनग्न फोटो पोस्ट गर्दैमा खोजी खोजी रातारात हिरोईन बनाईन्छ अनी जो संघर्ष गरेर आउदैछन त्यस्ता यूवाको अबस्था सधै नैरस्यता तिर मोडिन्छ त्यसपछी यूवाहरू नकरात्मक सोचतिर उन्मुख हुन्छन नेपालको यो अबस्था जुनसुकै क्षेत्रमापनी निकै बिकरालरूपमा देखिन्छ ।बिबिध कारणले गर्दा पनी हामी नेपाली यूवामा सकरात्मक सोच बिकास हुन सकिराछैन अनी नया पुस्ता कसरी स्वाभिमान  बन्ने रुअब हामी सबैले सकरात्मक सोचका साथ अगाडी बढौ नेपाली समाजमा रहेको केही नकरात्मक कुराहरूलाई निराकरण गर्दै युग अनुसारको नया सोच ,जोस जागर लिएर आ-आफ्नो क्षेत्रबाट लागौ पक्कै पनी हाम्रो व्यक्तिगत  स्वाभिमान देखी राष्ट्रीय स्वाभिमान गटिलो बन्ने छ । नेपाल तपाई हाम्रै पालामा बन्ने छ।

हाल : दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...