Advertisement
SKIP THIS

कोरियामा ‘जेन्टलमेन’ बनाउदै छवि


दक्षिण कोरिया,
बैदेसिक रोजगारीका लागि दक्षिण कोरिया आएका युवाहरु कामको ब्यस्ततासँगै फुर्सद पाउदासाथ कुनै न कुनै सिर्जनशिल काममा लागिरहेका हुन्छन् । सामाजिक क्रियाकलापदेखि गीतसंगीत, कला र साहित्य सिर्जनासँगै अभिनय र निर्देशनमा समेत त्यत्तिकै पोख्त छन् । यिनै प्रतिभाशाली युवाहरु मध्येका एक युवा हुन् छविशित कुलुङ ।
कोरियाको कडा काम र लामो ड्युटिका बावजुद पनि साहित्य सिर्जना गर्दै आएका उनले यहि छुसकको लामो बिदामा छोटो चलचित्र ‘जेन्टलमेन’ बनाउन लागेका हुन् । कमेडियन बेसमा रहेर समाजमा मध्यपान सेवनबाट हुनसक्ने दुर्घटनालाई चलचित्र मार्फत् देखाउने प्रयासमा रहेका छविले उक्त चलचित्रको लेखन र निर्देशन आफै्र गर्ने भएका छन् ।
‘अहिले स्टोरी कन्भर्सेसन चलिरहेको छ’, छबि भन्छन् । नेपाली छोटो चलचित्र ‘काका’ र ‘छल’ मा दमदार अभिनय गरेर ख्याती कमाइसकेका कलाकार निर्मल मगर र होम रोका मगरसहित कोरियामै कार्यरत रीता खत्री र मिलन किराँतीको विशेष भूमिका रहने उक्त चलचित्रको छायांकन भने सिनेफोटोग्राफर नरेन श्रेष्ठले गर्ने भएका छन् ।
सेक्टेम्बरको दोस्रो हप्ताबाट कोरियाको विभिन्न ठाउँमा छायांकन सुरु गरिने उक्त चलचित्र सकिन केही समय लागेपनि अहिले देखि नै विशेष तयारी भइरहेको निर्देशक छवि बताउँछन् । भन्छन्, ‘हामी सबै आआफ्नो काममा ब्यस्त भएकोले पनि घरिघरि भेट्न र धेरै समय दिन सक्दैनौं । त्यसैले हामीले ग्रुप च्याटबाट नै छलफल र आआफ्नो क्यारेक्टरको प्राक्टिस गरिराखेका छौं ।’
कोरियाको विशेष चाड छुसकको तीनदिन सुटिङ गर्ने र बाँकी काम आइतबारको दिन पारेर सकाउने योजना रहेको बताउदै छवि अगाडि थप्छन्, ‘समय लागोस् तर राम्रो र गुणस्तरीय चलचित्र बनोस् भन्ने हाम्रो चाहना हो ।’
त्यसो त उनले यो भन्दा अघि लघु चिलचित्र ‘रङ नम्बर’ निर्देशन गरेर निर्देशकिय क्षमता देखाइसकेका छन् । ‘जेन्टलमेन’ मनोरञ्जनका साथै सन्देशमुलक चलचित्र भएकोले पनि राम्रो बन्नेमा विश्वस्त रहेका छविले कोरियाकै कथावस्तुलाई उठाएका छन् ।

सानैदेखि नाटकप्रति रुचि लिएका छवि आफैं नाटक लेख्थे अनि अभिनय पनि गर्थे । ‘सायद त्यतिबेला देखि नै होला म मा फिल्मको भूत चढेको’, उनी सुनाउँछन् । ‘रहरको अगाडि सबथोक सामान्य बन्दो रहेछ ।’
ज्ञान, सीप कम र रहर बढी भएर बनाएको ‘रङ नम्बर’  सोचे भन्दा राम्रो बनेपछि चलचित्रप्रति अझ हौसिएका उनी कोरियामा ‘जेन्टलमेन’ बनाउन तम्सिएका हुन् ।

चलचित्र सम्वन्धि औपचारिक ज्ञान नभए पनि नाटक लेखन र फिल्म स्क्रिप्ट सम्वन्धि तालिम लिएका उनले केही फिचर फिल्म वर्कशपमा सहभागि भएर चलचित्रसम्वन्धि केही अनुभव बटुलेका छन् । ‘त्यसैको आधारमा सर्ट मुभि बनाउन कसिएको हुँ’, उनी भन्छन्् । ‘यो मेरो प्रयास मात्रै हो । म यो क्षेत्रमा बिल्कुलै नयाँ विद्यार्थी जस्तै हुँ । धेरै जान्न, सिक्न र बुझ्न बाँकी छ ।’

नेपाल फर्केपछि चलचित्र सम्वन्धि औपचारिक ज्ञान हासिल गरेर यहि क्षेत्रमा लाग्ने सोच बनाएका छवि सर्ट फिल्मसँगै भविष्यमा फिचर फिल्म बनाउने सपना साँचेका छन् । भन्छन्, ‘अहिलेसम्म रहरले लागिराखेको छु तर मेरो लक्ष्य नै भविष्यमा फिल्म मेकर बन्ने हो । हेरौं समय र परिस्थितिले कतिको साथ दिन्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...