फोनिज कोरिया संवादाता
सउल
तमु धी दक्षिण कोरिया को पुर्व घोशित कार्यक्रम स्यो कै (वन भोज)को सम्पुर्ण तयारी पूरा भएको छ।आपसी एकता,मैत्री, सद्भाव,भाइचारा र मनोरञ्जन को उद्देश्य राखी हरेक साल जस्तै यो साल पनि यहि अगस्त को 13 र 14 मा सौल देखि 80 किमि टाढा कोरिया कै मनोरम ठाँउ खाफ्यङ मा जान लागिएको हो।
यश सम्बन्धि तयारी तथा व्यव्स्थापनको लागि गत आइतबार धीका अध्यक्ष प्रदिप गुरुङको अध्य्क्ष्यतामा नेपाल हाउस मा बैठक बसेको थियो।ऐले सम्म करिव सय जना को नाम दर्ता भैसकेको र अझै नाम दर्ता जारी रहेको स्यो कै का संयोजक सुरज गुरुङले जानकारी दिनु भएको छ।
स्यो कै स्थल जानको लागि 13 अगस्ट बेलुकी तुन्देमुनको 3 न.गेट अगाडि क्रमश 8 बजे र 9 बजे दुई वटा बसको व्यवस्था गरिएको पनि उहाले जानकारी दिनु भयो।आफू खुसी जान चाहनु हुनेले खाफ्यङ स्टेशन हुँदै आउनु सक्नु हुनेछ।बार्बिक्यु पार्टी,विविध साङितिक कार्यक्रम,स्वादिष्ट परिकारहरु को साथमा बिबिध खेल्कुद र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने यश अघि नै तमु धी ले जनाइसकेको छ।