फोनिजको १७ औ स्थापना दिवसमा पत्रकार पुरस्कृत


फोनिज कोरिया संवाददाता
काठमाण्डौ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनजातिका विषयमा समाचार लेख्ने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । राजधानीमा भएको कार्यक्रममा छापा माध्यमबाट मीरा राजभण्डारी अमात्य, अनलाइन माध्यमबाट देवकुमार सुनुवार र रेडियो माध्यमबाट बुद्ध योञ्जन तामाङलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा बोल्दै. नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठनका उपध्यक्ष चन्द्रबहादुर गुरुङले २०४६ सालपछि नेपाली पत्रकारितामा धेरै परिवर्तन आएको बताउनुभयो । पत्रकारिता संवेन्दनशील पेशा भएकाले सानो गल्तिले पनि धेरै प्रभाव पर्ने भन्दै उहा“ले सचेततापूर्वक सूचना सम्प्रेषण गर्नु पर्ने सुभाव दिनुभयो । नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोणबहादुर कार्कीले पत्रकारहरुको परीक्षा लिने विषयमा छलफल मात्र भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले नया“ संविधान निर्माणसगै सबै संरचन परिवर्तन हुदा पत्रकारको सांगठनिक संरचन पनि परिवर्तान हुने बताउनुभयो । उहा“ले सञ्चार क्षेत्रका उपेक्षित वर्ग र समुदायको सहभागिता बढाउनुपर्ने जिकिर गर्नुभयो ।
 पुरस्कारको राशी जनही २० हजार रुपैया रहेको छ । पुरस्कृत तीनै जनाले पुरस्कारको आधा रकम फोनिजकै भवन निर्माणका लागि दिने घोषणा गरेका छन् । यसै बीच फोनिजको १७ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीले पत्रकारिताबाट समाजलाई योगदान दिएका एक जना पत्रकारलाई सम्मान गरेको छ । आदिवासी जनजातिको सवालमा निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै फोनीजले स्थापना गरेको देवबहादुर पाटामगर पुरस्कारबाट बुटवलकी पत्रकार सरु मगर पुरस्कृत भएकी हुन् ।
fonijsavefonij2fonij1

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...