दक्षिण कोरीयाको दक्षिणी भेगमा अवस्थित किम्हे शहरमा “तिज विशेष कार्यक्रम” गरिने भएको छ । नेपालीहरुको बाक्लो चहलपहल भइरहने किम्हे शहरमा नेपालको एक महत्वपुर्ण चार्ड ” तिज ” प्रतेक वर्ष मनाउँदै आएको छ ।
नानु माया तामाङको संयोजनमा, किम्हे नेपाली नारी समाज तथा एन आर एन क्षेत्रीय कमिटी ख्यङसाननाम्दो ले उक्त तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।
यही आउने सेप्टेम्वर ४ तारीक आइतबारको दिन ठिक १२ बजे किम्हे बजार नजिकै रहेको वाइ,एम, सिए (YMCA) को हलमा हुने भएको छ ।गत शालको जस्तै यसपटक पनी किम्हे शहर वरपर रहेका नेपाली चेलीहरु भेलाभएर तिजका गितहरु गाउँने, नृत्य गर्ने, नेपाली परिकारका खानाहरु खाने जस्ता अन्य रमाइला कार्यक्रम भएको आयोजकले वताएको छ ।
सधा झैं भब्य अनी सभ्य तरीकाले सफल बनाउन किम्हे, बुसान वरपर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दीदीवहीनिहरुलाइ बिशेष अनुरोध पनी आयोजकले गरेको छ । यसरी विदेशी भुमीमा नेपाली चार्डपर्वलाइ सम्झनु र महत्व दिनु आफैंमा महत्वपुर्ण छ । सधा झैं कार्यक्रम सफल बनोस, भब्य बनोस अनि सभ्य बनोस हाम्रो यही छ कामना ।