आज कोरियाको स्वतन्त्र दिवस
फोनिज कोरिया संवाददाता
सउल
आज अगष्ट १५ तारिख कोरियाको स्वतन्त्र दिवस । जापानको शासनबाट मुक्ति पाएको दिन । ७१ वर्ष अघि सन १९४५ मा कोरिया जापानको उपनिवेशबाट स्वतन्त्रत भएको थियो । कोरियन सरकारले आज सार्वजनिक विदा दिदै भब्यरुपमा कार्यक्रम गरी स्वतन्त्र दिवस मनाउदै छन् ।
आजको दिन राष्ट्रप्रमुखबाट राष्ट्रिय झण्डोत्लन देखि सुरक्षा शक्तिको प्रर्दनी , सास्कृतीक प्रस्तुती, समय सान्दर्भीक विषयमा बहस लगायत विभिन्न ऐतिहासीक तथा सार्वजनिक स्थलमा कार्यक्रमहरु गरी दिवस मनाउने गरिन्छ । देशलाई स्वतन्त्र दिलाउने वीर शहिदहरुप्रति भक्ति भावप्रकट गर्दै राष्ट्रिय एकताको रुपमा घर घरमा राष्ट्रिय झण्डा फहराउने गरिन्छ । आजको दिन संग्राहलयहरुमा निशुल्क प्रवेशको व्यिवस्था गरिएको हुन्छ ।
जापानले ३५ वर्षसम्म कोरियालाई आफ्नो अधिनमा राखी कोरियन नागरिकलाई विभिन्न दुख दिएका थिए । विषेश गरी महिलाहरुलाई यौन दासीको रुपमा प्रयोग गर्ने गर्थे । कोरियनहरुमा पनि जापानिजहरुले आफ्नै भाषा र संस्कार लाद्न थालेका थिए । जसका कारण धेरै कोरियनहरु जापानीज भाषा र संस्कृतीलाई अपनाउन बाध्य थिए । अहिले पनि कोरियामा जापानीज भाषा बोल्न सक्ने बृद्धबृद्धा भेटिनुले यसको अवशेस रहेको पुष्ठी गर्छ ।
सन १९१० बाट जापानले कोरियाको संचार , राजनीतिक र आर्थिक प्रणालीलाई पूर्णरुपमा आफ्नो नियन्त्रयमा लिएका थिए । १९९१ बाट कोरियन नागरिकहरु जापानिज शासनबाट मुक्ती पाउन आन्दोलनका गतिविधी शुरुवात गरेका थिए । चीनको संघाईमा जमिन लिएर भूमिगत सरकार बनाई सेना समेत तयार पार्दै आन्दोलनको तयारी गरेका थिए । १९४० बाट जापानविरुद्ध घोषणगत रुपमै युद्धमा उत्रेका थिए । देशलाई स्वतन्त्र पार्न हजारौले ज्यान गएका थिए ।
दोस्रो विश्व युद्ध ताका १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अनुबम आक्रमण भएपछि जापानले कोरियाको शासनबाट हात झिकेका थिए । पछि कोरिया दुई भाग विभाजन भयो । उत्रर र दक्षिणमा । तर स्वतन्त्र दिवस दुवैले मनाउदै आएका छन् । दक्षिणमा उज्यालो दिनको पुनस्थापनाको रुपमा मनाउने गर्छन भने उत्तरले मातृमुभी स्वतन्त्र भएको दिनको रुपमा मनाउने गर्छन् ।