कि रा या बुसान द कोरियाको प्रथम अधिबेशन सम्पन्न


बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । १४ अगस्त आइतबार बुसान स्थित( 초량) स्टेशन नजिकै रहेको YMCA हलमा भब्यरुपमा सम्पन्न भयो । पहिलो अधिवेशनले पुनः आनन्द राईकै अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । कायक्रमका प्रमुख अतिथि दिनेश राईको संयोजकत्वमा गठित रबिन राई र सुनिल दिप्त राई गरी तीन सदस्यिय निर्वाचन समितिद्वारा आनन्द राईलाई दोस्रो पटक पनि अध्यक्ष पदमा चयन गरिएको हो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा मिना राई, उपाध्यक्षमा सजिन राई, सुदिप राई, महासचिव मिलन सोझे राई, सचिव सनिल राई, सहसचिव उमेश मेवाहाङ राई, कोषाध्यक्ष श्याम राई र सहकोषध्यक्ष शिला सुनुवार रहेका छन् । त्यसैगरी सदस्यहरुमा ललित राई, महेश राई, रन्जित राइ, डेनिशा राई, अनु राई, गोपाल राई र विशाल राई चयन भएका छन् ।

निर्बाचित नया कार्य समितिका पदाधिकारी र सदस्यहरुलाइ निर्बाचन मन्डलका सयोजक दिनेश राइले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि किराया बुसानको दोस्रो पटक अध्यक्ष पदमा निर्बाचित आनन्द राइले अघिल्लो कार्यकालको अनुभवलाई सदुपयोग गरेर आगामी दिनमा सस्था लाई अझ उचाइमा पुर्याउन लागि पर्ने कुरा ब्यक्त गर्दै नया कार्यसमितिका सबैलाई इमान्दार जिम्मेवार भएर आफ्नो आफ्नो स्थान बाट किराया बुसानको लागि काम गर्न निर्देशन दिए । 
बिनोद बान्तावाद्वारा सन्चालित कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरि दुई भागमा सम्पन्न भएको थियो । उदघाटन कार्यक्रमपश्चात् सभापती आनन्द राई, प्रमुख अतिथी किरात राई यायोक्खा द कोरियाका अध्यक्ष दिनेश राई, विशिष्ट अतिथी NRN बुसानका अध्यक्ष रबिन राई, बाहिङ किरात राई द कोरियाका अध्यक्ष सुनिल दिप्त राई; अतिथीहरु मगर सघ बुसान किमे थेगु द कोरियाका अध्यक्ष भिषण पुर्जा मगर, प्रबाशि महिला समाज बुसान द कोरियाकी अध्यक्ष प्रतिमा आले मगरले सयुक्त रुपमा दिप प्रज्वलन गर्दै रास्ट्रीय गानको धुनबाट उद्घाटन सत्र शुरु भएको थियो । उद्घाटन पश्चात् किराया बुसानकि उपाध्यक्ष मिना राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
त्यसैगरी  कलाकार बिभाग- साकेला नृत्य सम्योजक अ्म्बिराज राईले कलाकार बिभागले गरेका कामहरुको बारे, खेलकुद बिभाग- यलम्बर युथ क्लब का सयोजक सुजित राईले खेलकुद बिभागको उदेश्य र सन्चालन गरेका गतिबिधीबारे, सजिन राई ले आफ्नो सम्योजकत्वमा सस्थाले सम्पन्न गरेका मनोरन्जनात्मक कार्यक्रमहरुले सस्थालाइ पुगेको फाइदा बारे र मिलन सोझे राई ले किरात हरुको ईतिहास, भाषा, सस्कार, धर्म सस्कृतीबारे मन्तब्य दिएका थिए । कार्यक्रमका विशेष अतिथी NRN बुसानका अध्यक्ष, किराया बुसानका सस्थापक अध्यक्ष रबिन राईले किराया बुसानको स्थापनाकालमा धेरै दुख कस्टहरु भोग्नु परे पनि कार्यसमितिका सबै सदस्यहरुको मेहनत इमान्दारिताका कारण छोटो समयमा सस्थालाइ कोरियाभर परिचित गराउन सफल भएको आफ्नो अनुभव सुनाउदै नया कार्य समितिले पनि किराया बुसानको यो उचाइलाइ अझ बढाउनको लागि सफलताको शुभकामना दिए।
मन्तब्यको क्रममा प्रमुख अतिथी कि रा या सौल द कोरियाका अध्यक्ष दिनेश राईले 2001 मा स्थापना भएको किराया द. कोरियाले आफ्नो उदेश्यहरुलाइ पूरा गर्दै किरात राईहरु बिच भातृत्व मेलमिलाप र एकताको बिकास गर्दै सम्पुर्ण नेपालीको हितका लागि सामाजिक कार्यमा पनि त्यतिकै अग्रसर रहेको कुरा ब्यक्त गरे । किराया बुसानका काेषाध्यक्ष दिवान राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरिसकेपछी कार्यक्रमका सभापती किराया बुसानका अध्यक्ष आनन्द राईले सस्थाको प्रगती बिबरण सुनाएका थिए । प्रगती बिबरण सुनाइसके पछि किराया बुसान लाई शुरुवातकालमा कतिपयले जातिय सस्थाको रुपमा साघुरो मानसिकताले हेर्ने गरेको भएता पनि सस्था र सस्थाका सदस्यहरुले गरेको सामाजिक कार्यले गर्दा त्यो साघुरो मानसिकतालाइ बदल्न केही हद सम्म भए पनि सफल भएको कुरा आफ्नो तीन महिने नेतृत्वकालमा आफुले बटुलेको अनुभव सुनाए। त्यसपछी आफ्नो नेतृत्वलाइ पुर्णरुपमा सहयोग गरेर सस्थाको बिकासमा योगदान दिने सबै पदाधिकारी र सदस्यहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गरे ।
14037443_1059855644121524_1850501139_o
14001682_1059855577454864_70531665_o
 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...