कोरियामा बिरबिक्रम आउदै
बुसान, देक्षिण कोरियामा यतिबेला एकपछि अर्को गर्दै नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढिरहेको छ । हङकङ र यूकेमा समेत प्रिमियर शो गरिएको नेपाली चलचित्र बिरबिक्रम कोरिया आउने भएको छ ।
नेपालमा भदौ ३ गतेदेखि अर्थात् अगष्ट १९ बाट प्रदर्शनमा आउन लागेको बिरबिक्रम कोरियाको किम्हेमा अगष्ट २८ तारिख आइतबार प्रदर्शन गरिने भएको छ ।
बुसान आवास गृह सञ्चालनमा सहयोग गर्ने उदेश्यले मगर संघ किम्हे, बुसान र थेगु शाखा दक्षिण कोरियाले पं्रर्दशन गर्न लागेको चलचित्र विरविक्रममा अहिलेका चर्चित कलाकार दयाहाङ राईका साथमा नायिका दिया पुन, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र विरविक्रम किम्हे कल्चर सेन्टरमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । प्रदर्शन अघि नै धेरै चर्चा पाएको यस चलचित्रलाई भब्यताका साथ सफल पारिदिन कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आयोजकले आग्रह गरेको छ । किम्हे बस टर्मिनलभन्दा केही अगाडि रहेको किम्हे कल्चर सेन्टर पुग्न लाइट ट्रेनबाट आउदा 수로 역 मा झर्ने तथा नमस्ते,दुर्गा,लिटिल ईन्डिया रेस्टुरेन्ट तथा Gimhea Migrant House किम्हे बाट हिडेर पाँच मिनेट लाग्ने छ ।