‘एउटा ठुटे कवि’ कविता

घडीका काटाहरु थन्किएर मध्यरातमा
झ्याउकिरीको गुञ्जन गुन्जिएका बेतालमा
सामुन्द्रिक छालका सितलहर हावाहरु
शरीरका कुना-कुनामा स्पर्श गर्छन
एक नया नबेली दुलही झैँ
अनि,
औशिको रातमा सन्नाटा अध्यारो
झिपिक-झिपिक टुकी बल्दै निभ्छ
एउटा( दुइटा जुनकिरीहरु
र, दिन भरिको थकानले लथ्रकै गलेको बस्ति
चिर निन्द्रामा मुर्छिन्दै , बेहोसीको शिरक ओढेर
तर प्रत्येक झुपडीलाई ब्युझौने प्रयत्नमा
ढोका ढक्ढकाउदै छ
घडीका सुइहरु चलाउदैछ
संगीतलाई सुर-तालमा भर्दैछ
एउटा ठुटे कवि
देब्रे हातमा चेपिएको चुरोटको ठुट्टा
कागजको कपमा खरानी झोस्दै
बेला-बेला तानिने सर्कै पछिको धुवा झैँ
अनिश्चित , गन्तव्यहीन यात्री झैँ
खाली खुट्टा हिड्दैछ लथालिङ्गै बाटाहरुमा
अग्नि परिक्षा होकी, कि स्वर्ग जाने बाटो
कि यमराजको सुपाडी निम्तो पो
संकै संकाको माहोलमा डुब्दैछ
प्रत्येक रात नशामा लिप्त हुदैछ
एउटा ठुटे कबि
अघिल्लो वर्ष आजकै रात
कन्काई मेलामा भेटिएकी थिइन उनि
जाडोले लग-लग कापिएका
ति फक्रिन्दै गरेका ओठहरु
मधुरो बत्तिको प्रकाशमा
निर्धक्क सजिएका ति लाजका गहनाहरु
निकै अमुल्य समय खर्चेर फुर्सदमा
सिपालु कालिगढ़्ले बनाएको मुर्ति झैँ
आकर्षक शारीरिक बनावट
अनि, बेला-बेला फुत्किने
महंगी ति दुइ शब्दहरु
त्यो कोमलता, त्यो सुन्दरता
हो, समग्रको स्पर्शमा डुब्दैछ आज
एउटा ठुटे कबि
रोजगारीमा जागिरे छु
चुर बिनाको पलाष जस्तै
बेरोजगारीमा फुर्सद पनि छैन
एउटा चौबाटोमा अल्झिएको बटुवा झैँ
कहिले दाया अनि कहिले बाया
लुखुर(लुखुर कुदया छ
पृथ्वीको एक कुनामा उभिएर
हराएको झैँ
भाग्य खोजेको खोज्या छ
काखीमा एउटा कापी र कलम चेप्या छ
सायद, अंशमा त्यहि पर्यो होला
न त दिने बाउको सम्पत्ति नै छ
यस्तै यस्तै अभाबमा
अनि, श्रृष्टिको बिडम्बनामा जिउदैछ
कहिले प्रकृतिसंग, कहिले नशा संग
कहिले मायाप्रीतिमा साइलीसंग
कहिले आफ्नो लेखान्त र भाग्य संग
एउटा ठुटे कवि
(गजेदो, दक्षिण कोरिया )