कोरियाको प्रवासी मजदुर र्‍यालीमा सहभागिताको आवहान


सउल

प्रवासी मजदुर संगठन (एमटियु) र केसिटियुले इपीएस लगायत अन्य प्रवासी मजदुर सम्बन्धि नियम कानुनको नराम्रो पक्षको सुधारको माग गर्दै अगस्त २१तारिक बृहत र्‍याली  को आयोजन गर्ने भएको छ ।

प्रवासी मजदुरहरु कोरियन कम्पनीहरुले ल्याई काम गर्ने थालेको धेरै बर्ष बितीसकेको भएतापनि उनीहरुलाई गरिने दमन,भेदभाब घट्नुको सट्टा दिनानु दिन बढ्दै गैरहेको छ । प्रवासी मजदुरहरुको हकअधिकारलार्इ मान्यता नदिएको कारण प्रवासी मजदुरले आफ्नो अधिकर उपयोग गर्न पाइरहेको छैन ।जसले गर्दा प्रवासी मजदुरहरुले कोरियामा विभिन्न समस्याहरु भोग्दै कस्टकर मजदुरी जिबन बिताउन बाध्य छन  ।

त्यसकारण एमटियु,केसिटियुले इपिएसमा भएको नराम्रो पक्षको सुधार ,स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, मजदुर ३ अधिकर सुनिस्चित हुनु पर्ने, काम गर्न पाउने उमेरको हद बन्दि हटाउनु पर्ने, लामो अवाधीसम्म काम गर्न पाउनु पर्ने, कम्पनी परिबर्तन गरेपनि सिबिटि नदिइ आउन पाउनु पर्ने, ३ वर्ष पछीको अवधि कम्पनीको बिना अनुमित थप गर्न पाउनु पर्ने, कृषि क्षेत्रको मजदुर उत्पादनमा परिबर्तन गर्न पाउनु पर्ने, कृषि क्षेत्रको मजदुरलाई सेवा सुबिधा सम्बधि भेदभाब गरिने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने ।

बिदेशमा भएको कोरियाको कम्पनीमा कामगर्ने मजदुरलाई कोरियामा प्रशिक्षार्थिको रुपमा ल्याई काम लगाउने ९ महिनाको तलब २ सय डलर भन्दा कम० बिदेश लगानी प्रसिक्षण प्रणाली खारेज हुनु पर्ने , सबै भिषामा काम गर्ने प्रवासी मजदुरलाइ समान सेवा सुबिधा दिनु पर्ने लगायतको माग राख्दै आउदो आइतबार २१ तारिक सउल छोंगाकमा बृहत प्रवासी मजदुर जुलुसको आयोजन गर्ने भएको छ ।

बिभिन्न संघसस्थाको पधाधिकारी प्रत्येक सस्थाले कम्तिमा पनि २० जना सदस्य सहित , मजदुर, पत्रकार ,बुद्दिजिबी लगायत् सम्पूर्ण महानुभाबहरु सहभागी भइदिनुहुन एमटीयुले हार्दिक अनुरोध  गरेको छ  ।

कार्यक्रम हुने स्थान  सउलको दक्षिणी भेग फोसिन्गाक । समयस् स दिनको ३ बजे

जाने तरिका
रेल लाइन न १ छोंगाक स्टेसन गेट न ४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...