कोरियन बच्चा सबैं भन्दा बेखुशी
ऐश्वर्य श्रेष्ठ,सोल-गत आइतबार म र मेरो साथी योंगइन जाने १० नंबरको बसमा चढेका थियौं । केहीपर पुगेपछि बस ठक्क रोकियो । एउटा सानो बच्चासहित ती महिला बसमा चढिन् ।सिटमा बच्चालाई राखेर आफु पनि सिटमा थचक्क बसिन् । बस गुडन शुरु भयो । लगभग ४ ५ बर्षको हुनुपर्छ बच्चाले आजसी मोजा मोजा भन्यो ।ड्राइभरले बस रोक्यो आमा ओर्लेर टोपी ल्याइदिइन ।त्यसपछि बच्चाले खाम्साहाम्निदा आजसी भन्न पनि भ्यायो ।हामीलाई अचम्म लाग्यो,आमालाई केही वास्ता छैंन बच्चाले आफनो सामान कहां छ भन्ने कुराको ज्ञान राखेकोमा । कति बाठो रहेछ मैंले नि मन मनैं सोचें ।
कोरियनहरु झटट् हेर्दा सुटेट बुटेट देखिन्छन् ।सफा,गोरो चिटिक्क परेर हिडछन् ।बाहिरबाट हेर्दा लाग्छ यी कोरियनहरु संसारका सबभन्दा खुशी मान्छे होलान् ।साना बच्चाहरु झन कति राम्रा अनि कति मिठो बोलेको ।तर अध्ययनले भन्छ कोरियन बच्चाहरु सबभन्दा बेखुशी बच्चाहरुमा पर्छन् ।
१५ देशका बच्चामा गरिएको सर्वेक्षणमा कोरियन बालबच्चाहरु आफनो शरीर,शैंक्षिक योग्यता,आफुले परिक्षामा प्राप्त गरेको अंकमा बेखुशी रहने गरेको पाइएको छ ।
सेभ दि चिल्ड्रन र सोल नेशनल युनिभर्सिटीले कोरिया, जर्मन,स्पेन,बेलायत लगायत १५ देशका ५० हजार १० देखि १२ बर्षका बालबच्चामा सो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा बालबच्चाहरुलाई गत २ हप्तामा तिमीहरु कति खुशी रहयौं ?भन्ने प्रश्न सोधिएको थियो । कोरियन बच्चाहरु कम्तीमात्र खुशी रहने सो सर्वेक्षणले देखाएको छ ।
आउटलुकमा ७.२,आफनो शरीरमा ७.४,शैंक्षिक योग्यतामा ७.१ पोइन्ट प्राप्त गरेको थिए ।अन्य देशले औंसत रुपमा ८ पोइन्ट भन्दा माथि प्राप्त गरेका थिए ।सर्वेक्षणमा कोरियन बच्चाहरुलाई बा आमाले अरुसंग दाजेर हेर्ने त्यसतो हुनुपर्छ भन्ने हुनाले पनि बालबच्चामा मनोवैंज्ञानिक असरले गर्दा बेखुशी रहेको अध्ययनको दाबी छ ।