Advertisement
SKIP THIS

पाँच फिट अग्लो अभिनन्दन पत्र


काठमाडौं : पाँच फिट अग्लो अभिनन्दन पत्र, ७१ साहित्यिक संस्थाको अभिनन्दन । इटहरी र धरान गरी दुई ठाउँमा रथारोहण । ५५० पृष्ठको ५० जनाभन्दा बढी लेखकले लेखेको अभिनन्दन ग्रन्थ ‘सडकदेखि शिखरतिर’ । राष्ट्रपति, प्रधानमन्त्री तथा प्रज्ञा प्रतिष्ठानका कुलपतिको शुभकामना । यति ठूलो कसलाई अभिनन्दन ? प्रा.डा. टंकप्रसाद न्यौपानेलाई । जसले सानै उमेरमा आमा गुमाए । छिमेकी महिलाको दूध खाएर हुर्के । अपांग बुवासँग बिजयपुरको मन्दिरमा बसे । त्यहीँबाट आएको दान र सहयोगले जीबन धाने । पछि भाेजनवृत्ति पाएर अध्ययन अगाडी बढाए । विद्यावारिधि गरे । साहित्य र भाषा क्षेत्रमा अमूल्य योगदान दिए । उनै विद्वानको यही भदौ १५ गते रथाराेहणसहित अभिनन्दन गरिदैछ ।
‘त्यसदिन १६ जनजातिको साँस्कृतिक झाँकीसहित अभिनन्दन गर्दैछौ’, अभिनन्दन समारोह समितिका संयोजक कवि अनिल पौडेलले भने । विभिन्न आदिवासी जनजातिको भाषाको अध्ययन गरेर नेपालमा जातीय सदभाव बढाउन याेगदान गरेकोले पनि प्रा.डा. न्यौपानेलाई अभिनन्दन गर्न जरूरी देखिएको संयोजक पौडेलले बताए । आठपहरिया राई भाषामा विद्यावारिधि गरेको न्यौपानेले लाेहरूड० भाषा, लिम्बु भाषा र नेपाली भाषाको तुलनात्मक अध्ययन लगायत ब्याकरण सम्बन्धी प्रशस्त काम गरेका छन् । उनले भाषा सुधारका नाममा गरिएको भाँडभैलोविरूद्ध खबरदारी गर्दै आएका छन् । अभिनन्दनले आफूलाई खुसीभन्दा पनि जिम्मेवार बनाएको बताए । उनले भने,’मैले पढाउँदा पनि मैत्री र ब्यबहारिक रूपमा पढाएँ । लोपोन्मुख भाषाको संरक्षण गर्नु आफ्नो दायित्व ठानेँ । काम गर्दै जाँदा समाजले देख्दोरहेछ । ‘ नेपालको बहुल समाज प्रतिविम्वित गर्दै न्याैपानेले गीत लेखेका छन् : एउटै रड०मा कहाँ राम्रो हुन्छ नि हौ चित्र जे छ भन्नु बहुरंगी हार नै हो मित्र ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...