एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन अमेरिकामा शुरु
फोनिज कोरिया संवाददाता
अमेरिका
गैर आवासीय नेपाली संघ (एनआरएनए) को नर्वौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सिमा आइतबार शुरु भएको छ । एनआरएनए अन्तराष्र्टीय समन्वय परिषदद्धारा आयोजित सम्मेलनमा ३५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । हरेक दुई वर्षमा गरिने सम्मेलन २ दिनसम्म चल्ने छ ।
पूर्व सभामुख सुवास नेम्वाइ०को प्रमुख आतिथ्य साथै एनआरएनका अध्यक्ष शेष घलेको उपस्थिती रहेको सम्मेलनको थिम एनआरएन भिजन २०२० रहेको छ । सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तबारे छलफल गरिने छ । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष घलेले विगतमा एनआरएनए एउटा अभियान जस्तो देखिए पनि हाल राहत र उद्धारदेखि विकास निमार्णमा कार्यमा नेपाल सरकारसंग साझेदारी गर्दै अघि बढी रहेको बताए ।
सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, अमेरिकाका राजदुत डा. अर्जुन कार्की, नेपाल उद्योग बाणिज्य महासंघबाट प्रतिनिधीत्व गर्दै आइएमइ ग्रुपका अधयक्ष चन्द्र प्रसाद ढकाललगायत नेपाल सरकारका उच्च पदाधीकारी , उद्योगपति र एनआरएनका पदाधिकारीहरुको उपस्थिती रहेको छ । सम्मेलनमा कोरियाबाट एनआरएन आइसिसीका प्रनिधी केपी सिटौला पनि सहभागी भएका छन् ।