ह्याप्पी फादर डे
पहाडजस्तो अचुक छाती
कोमल मनले भरिभराउ
हिमालजस्तो अटल शिर
पवित्र ममताले सिंचित
जिम्मेवारी काधमा बोकी
शुखका बहार खोज्न ,
समर्पण भए सर्बांग चाहना
परिवारकै खुशी रोज्न,
अप्राप्य छन तिम्रा ममतामयी ठेली ..
रोएका क्रन्दनभरि हाशो छर्न आतुर
भोका नागा आंगभरि दाना भर्न आतुर
अन्धकारको पर्दा हटाई
शिक्षाको दियो बाल्न
आदर्शको परिधिभित्र रही
असल कदम चाल्न
तिम्रा ति मार्गप्रशस्तताको
लाखलाख सराहना छ
दोडीयो ,ठोकियो कति
अरुकै अमनचैन निम्ति
रुन्थेउहोला तिमिपनि एक्लै एकान्तमा
भोक प्याशसंग पक्कैपनि जुद्धथेउ तिमिपनि
सुन्दर चटक्क पर्ने रंगिन तिम्रा शोखहरु
भावनाभरि कुण्ठित अनगिन्ति सपना
सायद भरिभराउ थिए तिमीभित्रनि
सोधेनन कसैले तिमीलाइ ,
भन्ने समय थिएन तिमीसंग
किनकी परिवारमै समर्पित थिए
तिम्रा सपना,चाहना, खुशी
अभ्यस्त भयो हरेक प्रहर
केवल सन्ततिकै निम्ति
बाबा यहि शब्दले टाडा भाग्छ
सारा दर्द ,पिडा समस्या
हजारजुनी सगर्व तिम्रै छोरा हुन् पाउ्र
HAPPY FATHER’S DAY
-उज्वल रार्इ,दक्षिण कोरिया