कोरियाबाट सहयोग जुटाउन्दै छन् नेपाली चेलीहरु


बाला राई
छाङवन – नेपालमा गएको विनाशकारी भूकम्पले यतिखेर देश शोकमग्न अवस्थामा गुज्रिरहेको छ । परदेशमा रहेका नेपालीहरु यस्तो विपत्तीमा आफ्ना सहयोगी हातहरु अघि बढाउदै राहत संकलनमा अहोरात्र खटिरहेका छन् । कोरियामा रहेका नेपालीहरु विभिन्न सामाजिक संघसंस्था वा व्यक्तिगत तवरबाट भूकम्प पिडितको सहयोगार्थ राहत संकलनमा जुटैका छन् । जसमध्ये कोरियाली नागरिकसँग विवाह गरेर आएका नेपाली चेलीहरु पनि सो अभियानमा लागिपरेका छन् ।

कोरियाको पर्यटकीय नगरी जेजुदोबाट त्यहाँका नेपालीहरु तथा कोरियन समुदायबाट भूकम्प पिडितका लागि राहत संकलन भइरहेको छ । जेजुदोको जेजु नेपाल कम्युनिटि, जेजु अन्तर्राष्ट्रिय शान्ति सामुदायिक संस्था, विदेशी मजदूर तथा जेजुसी बहुसांस्कृतिक परिवार केन्द्र, सगिफो बहुसांस्कृतिक परिवार केन्द्र, र अन्य परामर्श सेवा केन्द्र, जेजु अन्तर्राष्ट्रिय शान्ति सामुदायिक संस्था, माइग्रैन्ट सेन्टरलगायतका विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा जेजुदोको बहुसांस्कृतिक परिवार केन्द्र (धामुन्ह्वा सेन्टर)मा कार्यरत सुभद्रा पालुङवाले राहत संकलन कार्य गरिरहेकी छिन् ।

DSC08739

दिपप्रज्वलन तथा विभिन्न कार्यक्रमको आयोजना गरेर राहत संकलन गरिनुका साथै जेजुदोमा नेपाली र कोरियन खाना बेचेर समेत राहत संकलन गरिएको सुभद्रा बताउँछिन् । उनका अनुसार हालसम्म दुई करोड कोरियन वन संकलन भइसकेको छ । अझै पनि यो महिनाको अन्तिमसम्म राहत संकलन जारी रहेकोले अझ बढी रकम संकलन हुने उनको विश्वास छ ।

सुभद्रा सहित केही नेपाली र कोरियन स्वयंसेवकको टोली अर्को महिना नेपाल गएर भूकम्पबाट अति प्रभावित क्षेत्रमा अथवा जेजुमा बसोबास गर्ने नेपालीहरु कुन जिल्लाको धेरै छन् तेही गाउमा गएर दिर्घकालिन रुपमा उनीहरुको जीवनस्तर उकास्ने कार्यमा लगानी गर्ने सोच बनाएका छन् । भविष्यमा भूकम्प पिडितको लागि के गर्न सकिन्छ भन्ने छलफल भइराखेको बताउदै सुभद्रा भन्छिन्, ‘तत्काल खान, लाउनको लागि भन्दा पनि ग्रामिण भेगका किसानहरुलाई कृषिसम्वन्धि जानकारी दिएर हुन्छ कि कुनै सिपमूलक तालिम दिएर हुन्छ उनीहरुको जीवनस्तर उकास्ने कार्यमा लाग्ने छौं ।’

समय धेरै नभए पनि जति सक्दो लामो समय लिएर त्यहि बसेर भूकम्प पिडित कृषकको लागि खेतीपातीको लागि हुन्छ कि सुगुर, बाख्रा पालन गर्न रुचाउछन उनीहरुको इच्छा अनुसार उनीहरुको जीवनस्तर उकास्ने र आयआर्जनको कार्यमा लाग्ने सोच बनाएकी सुभद्रा केही मात्रामा भएपनि भूकम्प पिडितको लागि सहयोग गर्न पाउदा खुशी महशुस गर्छिन् ।

pry

जेजुमा हुने सम्पूर्ण नेपाली, अन्य फिलिपिन,कम्बोडिया,थाईलेन्ड,चीन लगायत जेजुको बासिन्दाहरु धन्यवादको पात्र भएको बताउदै थप्छिन्, ‘लाखौं नेपाली जनताको विचल्ली भएको बेला तपाइ हाम्रो सानो सहयोगले केहीलाई राहत मिल्दा पनि मन अलि हलुंगो हुन्छ ।’

यता ग्याङसङनाम्दोस्थित हामयाङमा पनि नेपाली चेलीहरुको सक्रियतामा राहत संकलन कार्य भइरहेको छ । हामयाङमा मात्र विवाह गरेर आएका ४४ जना नेपाली चेलीहरु छन् । जसमध्यै १६ जनाको नेपालमा भूकम्पले पुरै घर भत्केको, धनजनको ठुलो क्षति भएको र आफन्तजन समेतको मृत्यू भएको जनाइएको छ । त्यसैले ति परिवारको सहयोगार्थ हामयाङवासीहरु राहत संकलनमा जुटिरहेको हामयाङको बहुसांस्कृतिक परिवार केन्द्र (धामुन्ह्वा सेन्टर)मा कार्यरत आशा गुरुङ बताउछिन् ।

उनकै पहलमा धामुन्ह्वा सेन्टरसहित त्यहाँको स्थानीय निकाय, प्रहरी कार्यालय, विभिन्न संघसंस्था एवं कोरियन नागरिक तथा भियतनाम, फिलिपिन, कम्बोडिया, चीनलगायतका अन्य मुलुकबाट विवाह गरी आएका दिदीबहिनीहरुबाट समेत राहत संकलनका लागि सहयोग भइरहेको छ ।

त्यस्तै रातह संकलनको लागि गत ८ तारिखदेखि २२ तारिख शुक्रबारसम्म दुईहप्ता हरेक साँझ ६ बजेदेखि ९ बजसम्म चन्दा संकलन तथा दिपप्रज्जलन कार्यक्रमको आयोजना गर्दै आएको आशा बताउँछिन् । उनका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुले भावुक गीतसंगीतबाट सो अभियानलाई साथ दिइरहेका छन् ।
‘एक दिनमा करिब ६ लाख वनका दरले राहत संकलन भइरहेको छ । हाम्रो लक्ष्य यो महिनाको अन्तिमसम्म पाँच करोड वन पुर्याउने हो,’ आशा भन्छिन् ।

उनका अनुसार उक्त रकम सिधै नेपाल नपठाइ हामयाङमा रहेका नेपाली दिदीबहिनीहरु स्वयंलाई दिएर उनीहरुको पिडित परिवारसम्म पुर्याउने हो । किनकी हामयाङमा रहेको धेरै नेपाली चेलीहरुको घरपरिवारमा भूकम्पले क्षति पुर्याएकोले पनि रकम सरकारी राहत कोषमा नपठाइ यहिका पिडित दिदीबहिनीलाई दिने बताउदै आशा अगाडि थप्छिन् ,‘पहिलो र दोस्रो पटक गएको भूकम्पले ककस्को कति क्षति भयो यसबारे बुझेर सबै रिपोर्ट बनाउदै आएका छौं त्यहि अनुसार कसलाई कति दिने हामी सबै भएर सल्लाह गरेर बाँडिदिन्छौं ।’ उक्त अभियानमा सहयोगी हात र दयालु मनप्रति आभार व्यक्त गर्दै आशा भन्छिन्, ‘भूकम्पको मारमा परेर बेहाल भएको हाम्रो देशले चाँडै विकाशको गति लियोस् ।’

jeju lighting

केही समय अघि मात्र स्थापित कोरियाली नागरिकसँग विवाह गरेका नेपाली चेलीहरुको सामाजिक संस्था नेपाली चेली समाजले पनि केही रकम संकलन गरेको छ । संस्थाका अध्यक्ष मन्जु गुरुङको पहलमा संकलित १० लाख वन रकम अति विपन्न तथा भूकम्पबाट पिडित महिलाको उत्थानका लागि प्रगोग गरिने भएको छ । नेपाल कोरिया कल्चर सेन्टरमार्फत कोरियाली नागरिक माझ ‘हेल्प टु नेपाल’ अभियान नै चलाएका मन्जुका श्रीमान किम ह्योङह्योको मातहतमा उठेको रकम र सामाग्री सहित नेपाल जाने तयारीमा रहेका छन् मन्जु दम्पत्ती नै ।

त्यसैगरी छाङवन विदेशी कामदार सहयोग केन्द्र्रमा कार्यरत स्नेहा लामा पनि भूकम्प पिडितका लागि राहत संकलन कार्यमा जुटिरहेकी छिन् । गत आइतबार ग्याङसाङनाम्दो र छाङवन विदेशी मजदूर तथा परामर्श केन्द्रले आयोजना गरेको कार्यक्रममा समेत अन्य नेपालीहरुको सहकार्यमा भूकम्प पिडितका लागि राहत संकलन गरिन् । ‘अहिलेसम्म ३२ लाख वन उठेको छ । अझै यो महिनाको अन्तिमसम्ममा लगभग ४० लाख पुग्छ कि,’ स्नेहा अनुमान गर्छिन् । आफैं नेपाल जाने या पैसा पठाउने अझै यकिन भइसकेको छैन । ‘यदि गइहालें भने उठेको रकमबाट ग्रामिण भेगका केही भूकम्प पिडितको लागि जस्ता पाता किनीदिने कि भनेको नत्र नेपाली दूतावासको राहतकोषमा पठाइदिन्छु,’ स्नेहा भन्छिन् ।

त्यस्तै छुङछङनाम्दोस्थित छनान परामर्श केन्द्रमा कार्यरत गीता राई पनि आफ्नो कार्यलयबाट राहत संकलन कार्यमा लागिपरेकी छिन् । केही समय अघि केन्द्रले आयोजना गरेको १४ मुलुकको सहभागिता रहेको बहुसाँस्कृतिक वैदेशिक मेलामा भूकम्प पिडितका लागि सहभागी नेपालीहरुसहित राहत संकलन गरिन् । यसरी भूकम्प पिडितका लागि कोरियामा रहेका कतिपय नेपाली चेलीहरु राहत संकलन कार्यमा अग्रसर भएर भूकम्प पिडितको चहराइरहेको घाउमा थोरै भएपनि मल्हम लगाउने कार्यमा जुटिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...