किन बढ्दैछ जापानमा आत्माहत्याको संक्रमण


आज धेरै दुख अनि गहन सोचमा पुगेको छ यो मन । किन जापानमा आत्माहत्याले ठुलो रुप लिदै छ ?  यसको मुख्य कारण के होला ?  किन नेपालीमै मात्रा बिक्राल बन्दै छ यो रोग ?  यसको जवाफ पाउन हामिलाई समय धेरै नै लाग्न सक्छ । दैनिक जसो नराम्रा खबरहरु सुनिदै आएका छन ।

आज मात्र फुकुओकामा अध्ययनरत टिना गुरुङको आत्माहत्या भयो भन्ने दुखद खबर आयो । यस्ता किसिमका घटनाले जापानमा रहेका नेपाली समुदायमा किन जरो गाड्दै छ त ? अब खोजतलासको विषय बनेको छ । खास आत्महत्याको मुख्य कारण के होला ? यसको समाधानको प्रयास के हुन सक्छ ?  अब भने गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ ।

यसको रोकथामको लागी प्रयास नभएका भने होईनन आदार्णिय दाजु डाक्टर विजय ज्ञवाली आत्माहत्या रोकथामको अभियान मै लाग्नु भएको छ । तर एक जनाले गरेर हुनेवाला केहि पनि छैन । उहाको यस अभियानमा साथ दिदै अघी बढ्नुको विकल्प पनि छैन । हामिले आत्माहत्या गर्नेलाई यसले बिना काममा किन आत्मा हत्या गर्‍यो भनेर प्रश्न गर्नु भन्दा नि । आत्महत्याको मुख्य कारण के थियो भनेर खोज्नु पर्ने बेला आएको छ ।

समस्याको समाधान आत्माहत्या होइन भन्ने कुरा हामी सबैले गम्भिर रुपमा बुझ्नु पर्ने हुन्छ । आत्माहत्या गरेर जाने त गयो तर उसको परिवारलाई यस घटनाले दिने पीड़ामा पनि सोच्नु पर्ने हुन्छ । हामी सामाजिक संजालमा आत्माहत्या गर्नेलाई गाली गर्दै नराम्रो सोच्ने भन्दा नि यि यस्ता घटनाको समाधान के कसरी गर्न सकियला भनी सोच्नु नै बुद्दिमता होला । घटना हुन्छ हामी २,४ दिन सामाजिक संजालमा कराउछौ तर २,४ दिन पछी घटना सेलाउछ ।

तर समाधान तिर हाम्रो ध्यान जादैन । कमसेकम संगै बस्ने साथीले थाहा पाउनु पर्थ्यो आत्माहत्या गर्ने मान्छेको व्यवहार परिवर्तन भैरहेको । त्यस्तो व्यबहार पाएमा उसलाई सम्झाउने या सम्बंधित व्यक्तिलाई सम्पर्क गराउने । यि यस्ता कामले पनि आत्माहत्या रोकथाममा ठुलो सहयोग पुग्न सक्छ । आफ्नो काल गतिले निधन हुनु र आत्माहत्या हुनुमा धेरै फरक छ । आत्माहत्या लाई हामी सबै एक भै प्रतिज्ञा गर्यौ भने अवस्य पनि निर्मुल पार्न सकिन्छ । आजैदेखी प्रतिज्ञा गरौ – म पनि आत्माहत्या गर्ने होइन सोच्ने छैन । मेरो साथिलाई पनि आत्माहत्या गर्न दिने छैन ।

लेखक नेपाल जापान विद्यार्थी  समाजका अध्यक्ष हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...