कोरियामा सोमबार साझ ५.८ रेक्टरको भूकम्प गयो
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियाको ख्याइ०साइ० भुक्दो प्रान्तको ख्याइ०जु शहरमा सोमबार साझ लगातार दुई पटक भूकम्पको महसुस गरिएको छ । पहिलो पटक ७ बजेर ४४ मिनटमा गएको भूकम्पको ५.१ रेक्टर मापन गरिएको छ भने दोस्रो पटक ८ बजेर ३२ मिनेटमा गएको भूकम्पको ५.८ रेक्टरको मापन गरिएको कोरियन संचारमाध्यमले जनाएको छ । ख्यइ०जु शहरभन्दा दक्षिण पश्चिम तर्फ ९ किलोमिटर दुरीमा भूकम्प गएको छ ।
सउलदेखिदेखि उल्सान , बुसान , थेगु सम्म भवन हल्लिएको स्थानियले जनाएका छन् । भूकम्पको बारे थप अनुसन्धान भइरहेको संचारमाध्यमले जनाएको छ । कोरियाको प्राय सबै स्थानमा भूकम्पको महसुस गरिएको छ । पहिलो पटक आएको भूकम्पलाई कमैले महसुस गरे पनि पछिल्लो पटक आएको ५.८ रेक्टरको भूकम्प अझ शक्तिशाली भएकाले धेरै डराको स्थानियहरुले बताएका छन् ।
जेजु दोमा समेत भवनहरु हल्लीएको महसुस गरिएको स्थायिनहरुले जनाएका छन् । सडकमा समेत कम्पनको महसुस गरिएको ख्यइ०जु शहरबासीले संचारमाध्यमलाई बताएका छन् ।
भूकम्पले २० देखि ३० सेकेन्डसम्म हल्लाएका थिए । कोरियामा यो भन्दा कम ५.२ रेक्टरको भूकम्प ३६ वर्ष अघि सन १९८० मा गएको थियो । कम्पनकै कारण हल्एिर झरेको टेलिभिजनले लागेर एक जना बृद्धा घाइते भएका छन् । बच्चाहरु अतालिदै रुदै घर बाहिर निस्केका थिए । भने सडक र अग्ला अग्ला महलमा भएका मनिसहरु भवन निकैबेर हल्लिएपछि डराउदै भागा भाग भएका थिए ।