सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (INS), दक्षिण कोरियाले आयोजना गरेको बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न बाबुराम भट्टराई कोरिया आईपुगेका छन्।
कोरियन पर्व छुसकको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा.बाबुराम भट्टराई लगायत प्रवास विभाग संयोजक नवराज सुवेदी र अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया संयोजक विनोद पौडेल पनि कार्यक्रम मा सहभागी हुन कोरिया आईपुगेका छन्।
कोरिया प्रवेश गर्न साथ बसाइ अबधिभर भट्टराइ लाइ स्थानिय प्रशाशन ले सुरक्षा प्रदान गर्ने जनाएको छ । त्यसको लागि स्थानीय प्रशाशन ले कार्यक्रम स्थलको सुरक्षाका लागि २ जना प्रहरी समेत खटाएको छ। नयाँ शक्ति कोरियाले १६ तारिख कोरियाको राजधानी सोल स्थित जोगेसा गुम्बाको हलमा दिनको ठिक १२ बजे भब्य कार्यक्रम आयोजना गर्दै छ ।
भट्टराइ लाइ अन्तराष्ट्रिय नेपाली समाज कोरियाका पदाधिकारी हरुले इन्छन बिमानस्थलमा स्वागत गरेका थिए । बिमान स्थलमा कोरियन सुरक्षाकर्मि संगै पत्रकार हरु को समेत घुइचो लागेको थियो l यसले बाबुराम भट्टाराई को अन्तराष्ट्रिय जगतमा सकारत्मक क्रेज रहेको स्पष्ट पारेको थियो । १६ तारिकमा औपचारिक कार्यक्रम समाप्त भए पश्चात कार्यक्रम स्थलमै पत्रकार सम्मेलन गरिने आयोजकले जनाएको छ ।