यसपालीको नागार्जुन कप लम्जुइ० एफसीको पोल्टामा
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियाको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को शिल्ड लम्जुइ० एफ सिले चुमेको छ । शुक्रबार सउलको दोंगदुचन फुटबल मैदानमा सम्पन्न फूटबल प्रतियोगितामा मेची महाकाली युनाइटेड एफसीलाई ट्राईवेकरमा ४ को विरुद्ध ५ गोल हालेर लम्जुइ० एफ सी विजयी बनेका हुन् । विजयी लम्जुइ०ले २० लाख वन पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र थापेका थिए ।
त्यस्तै दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकाली युनाइटेडले १० लाख वन पुरस्कार, मेडल र प्रमाणपत्र थापेका थिए । प्रतियोगितामा मेची महाकाली एफसीका डेनिस राई उत्कृष्ठ खेलाडी र छिरिइ० लामा उच्च गोल रक्षक बनेका थिए । साथै १२ गोल गरेर रमेश गुरुइ० उच्च गोलकर्ता बनेका थिए । सबैलाई क्रमशः १० लाख वन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ३३ टिम सहभागि भएका थिए ।