स्मलकाजी


पाँच कक्षाको परिक्षा जिल्ला स्तरीय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ । बिद्यार्थी थिए तीन जना ।
पढाइमा त्यति राम्रो थिइन । नेपालीमा लेख्दा आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको जीवनकै ठूलो उपलब्धी थियो मेरो लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई भन्दा बढि बाको लागि । स्कुलको लागि अनि शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो ।
तर उनीहरुले गरेको गेसमा म सजिलै पास हुने बिद्यार्थीमा थिइन । मैले पाँच पास गर्न भयंकर कायापलट गरेर पढ्नु थियो । खास समस्या मेरो अग्रेजीको थियो । कति भने म एम र एन उस्तै मान्थे । कुनमा के लेख्ने थाहा पाउँदैनथे । हुँदा हुँदा मलाई आफ्नै नाम अग्रजीमा लेख्दा पनि कहिले आउने कहिले बिर्सिने हुन्थ्यो ।
बासुदेव कार्की स्कुलका हेड सर थिए । अग्रेजी पढाउथे । उनले जसो भन्यो त्यस्तै भनेर भाका हालेर गाउनु पथ्र्यो । पाठहरु गीत हुन्थे । गाउन आउने । लेख्न नआउने । त्यो कितापको कुन पेजको, के भनेको थाहा नहुने । पहिलो रोलनम्वर भएको साथीको भने अलि राम्रो अग्रजी थियो । ऊ अंग्रजीमा आफ्नो नाम सरर लेख्न सक्थ्यो । अझ बाआमा, स्कुल र हेडसरको नाम लेख्न सक्थ्यो ।
स्कुलले पास हुने आस गरेको कोही थियो भने उही थियो । ऊ हिसाव बिषयमा पनि राम्रो थियो । जोड घटाउ भाग सबै गर्ने । पक्का पास हुने बिद्यार्थी । दास्रो भएको साथी म जस्तै थियो । तर केही केहीमा अलि राम्रो ।
जाँचको पहिलो दिन बाले मलाई पवटी पुर्याउने भए । जाँच बिहान ११ वजे देखि थियो । बिहानै सात बजे भात खाएर ओरालो लाग्यौ । बाटोमा बाले पढाईका कुरा गरे ।
आज के को जाँच?
नेपाली ।
भोली ?
अग्रजी ।
तैंले नेपाली कतिको पढेको छस् ?
अलि अलि ।
अंग्रजी नी ?
अलि अलि ।
हिसावको कहिले हुन्छ नी ।
पर्सी ।
अनि हिसाव तंलाई कस्तो आउँछ नी ?
अलि अलि ।
तंलाई सबै कुरा अलि अलि आउँछ खान चाही किन टन्ने खाको ?
पवटीमा पुग्नु मेरो गाउँबाट ओरालो, ओरालो अनि फेरी ओरालो झर्नु पथ्र्यो । बाटोमा बा अघि अघि मेरो इन्टरभ्यु लिदै थिए । म पछि पछि एन्सर दिदै थिएँ । कहिले कही त बाको प्रश्न सुनेर बिचैमा घरतिर फर्केउ कि जस्तो पनि लाग्थ्यो । फेरी ज्यानको माया छ नी ।
ठूलो स्कुल धेरै बिद्यार्थी । बल्ल बल्ल परिक्षा कोठा थाहा पाइयो । त्यत्रो धेरै बिद्यार्थी हेर्दै अचम्म । हामी पढ्ने स्कुलमा त्यति धेरै बिद्यार्थी थिएनन् । झन् आफ्नो कक्षा कोठामा त तीन जना । कहिले कही साथीहरु नआउँदा दुई जना मात्रै । जाँच दिने बिद्यार्थी त कति हो कति ?
बल्ल बल्ल थाहा पाएको कोठामा पस्ने बित्तिकै केही असजिलो भो । बाले ढोका सम्म छाडेर बाहिर बसे । त्यसो नभएको हुदो हो त म भाग्थे कि ?
धेरै मान्छेको बीचमा बसेर कहिल्यै जाँच दिएको थिइन । पहिलो दिन अचम्मै लाग्यो । जता हेर्यो त्यतै मान्छे । स्कुल बिल्डिङ नै १२ वटा । म पढेको स्कुलमा एउटा मात्र । माटोले बनाएको । जस्ता पाताले छाएको छाप्रो । बस्नको लागि मेच टेबल थिएनन् । तर पवटीमा मज्जाको फलामको टेबलमेच थियो ।
को काँ बस्ने भन्ने ब्यबस्था पहिले नै भित्तामा कागजमा लेखेर टाँसिएको थियो । मसँग पवटी स्कुल भन्दा पनि अझ तल दियालेखर्कको स्कुलकोे केटी परिन् । पहिलो दिन नेपाली जसो तसो चल्यो । तर मलाई लाग्यो म नजान्ने भनेको म भन्दा पनि नजान्ने त तिनी पो परिछन् । जे कुरा पनि थाहा नभएको सोधि रहने । बल्ल बल्ल जाँच सकियो । बा ढोका अघि नै थिए । बाहिर निस्कने बितिक्कै सोधे ।
कस्तो भो ?
राम्रो । मेरो एक शब्दको उत्तर ।
राम्रै त लेखिस् ?
बालाई मेरो जवाफमा शंका लागेछ । हो राम्रो भो । सोधेको सबैको उत्तर लेखेको छु । बालाई शान्त पारेँ ।
भोक लाग्यो ?
बल्ल बाले सही कुरा सोधे झै भो । आफुलाई यत्रो धेरै मान्छेको बीचमा पस्दा पस्दै के भाको भाको जस्तो लागेकोथ्यो । प्रश्न आए पछि थाहा भो भोक लागेको रैछ । अनि यत्रो बेर खेपेर बल्ल निस्किदै गर्दा बाले गरेको कुरा मज्जा लागेर आयो ।
लाग्यो ।
लु हिन उता पसल छ चिउरा खालास् ।
अरु बेला बाले खालास भनेको चिउराको अर्थ अर्कै हुन्थ्यो । आज राम्रै हो । त्यसैले बाको पछि पछि हिडियो । बेलुकी मात्रै घर आइ पुगियो । बिहान हिडेको मान्छे । बेलुकी झन्डै मान्छे नचिन्ने भए पछि मात्रै पुगिने । चिउरा चपाएर लागेको उकालो घरैमा आए पछि मात्रै सकिने । उकालोको उकालै ।
अर्को दिनको हिजो झै । बिहान उठ्यो । पढ्नु चिट बनाउनु त्यस्तै हो । कुद्नुको हतारो छ । खाना खाएर बा अघि अघि लम्किए । म फुच्चे पछि पछि ।
उनि आफ्नो तालमा हिडका छन् । केही नसोधुन भन्ने आफुलाई लागेको छ । आज संसारकै गाह्रो बिषय अग्रेजीको जाँच हो । आफुलाई फुट्टो आउँदैन । न हेडसरको नाम लेख्न आउँछ न बाको नाम लेख्न आउँछ । स्कुलको नाम आउने कुरै भएन । हुँदा हुँदा आफ्नै नाम काजी मात्रै लेख्न आउँछ कहिले कहिले सानो मात्र लेख्न आउँछ ।
पाँच कक्षामा फेल हुनु भन्दा पहिले मेरो नाम सानोकाजी थियो । गाउँमा काजीको शान । घोडामा हिड्ने अरुलाई काम गराउने । ठूलो घर । त्यो बेला सम्म म सानै थिएँ । फुच्चे । कसैले पनि नपत्याउने । त्यसैले बाले हुनु पर्छ मेरो नाम सानोकाजी राखेका । म जे थिएँ त्यही सानोकाजी थिएँ । हुन त पछि बा अलि अलि राजनीति गर्ने भए । उनले काजीहरुलाई पटाहा भने । सामान्ती भने । तर म भने त्यही बाको छोरा सानोकाजी थिएँ ।
मलाई आफ्नो नाम लेख्न बहुत मुस्किल थियो । तामाङ लेख्यो । काजी बिर्सने । काजी लेख्यो सानो लेख्न नआउने । कसरी लेख्ने लेख्ने ।
तेरो आज केको जाँच रे ?
अग्रेजीको ।
तंलाई कतिको आउँछ ?
चुप ।
भने पछि तंलाई आउँदैन ?
खै अलि अलि आउँछ ।
के आउँछ ?
ए बि सि डि देखि जेड ।
अनि अरु ?
ओएनई वान, वान माने एक । टीडब्लुओ टु, टु माने दुई ।
ए राम्रै छ कि के हो ?
मलाई गीत गाउन मात्र आउँथ्यो । लेख्नेमा भुत्तो भाङ्गो नआउने । बाले सम्झेछन् राम्रै रैछ केटोको अग्रेजी ।
जाँच हलमा छिर्न मन थिएन । मलाई थाहा थियो लेख्न आउने कुरा थोरै थियो । अरु त अरु आफ्नै नाम लेख्न नसक्नेलाई अरु के थाहा हुने र ? पस्नु पर्यो । कपि आयो । अरुले के लेखे जेहोस् लेखे । मैले त केही पनि लेखिन । चुपचापै बसि रहेँ । प्रश्न आयो । पढेको जस्तो गरेँ । आउने केही होइन । के कुन कता लेख्ने पत्तो छैन ।
अघि पछि सबै तिर हेरेँ । छेउमा बस्ने केटीले साधी तिमी कति नम्वरको कोइसन गर्छौ ?
तिमी चाही कतिको गर्छौ नी ? उल्टो प्रश्न पल्टाइदिएँ ।
आधा घन्टा जति घरी अघि घरी पछि प्रश्न पल्टाए पछि अलि हल्का भो । अनि बल्ल नाम लेख्ने प्रयास गरेँ । काजी तामाङ मात्रै आउँछ अरु मरि गए आउँदैन । बिर्सेको छु बिर्सेको छु । गर्ने के हो ? काजीको पाजी दिमाग चल्यो । कता कताबाट एउटा कुरा सम्झेँ । हामीले एउटा कथा पढ्नु पथ्र्यो । स्मल हाउस एन्ड क्रो । बासु मास्टरले एसएमएएलएल स्मल, स्मल माने सानो भनेर पढाएको कता कताबाट सम्झिएँ ।
सोचे स्मल माने पनि सानो अनि म यसै उसै सानो । स्मलै लेखे के हुदो हो ? ठीकै हुदो हो स्मलकाजी लेखे त आखिर माने पढ्यो भने त सानो काजी न हो । एक घन्टा जति टाइम लागाएर काइते जुक्ति निक्लियो । मैले गाह्रो मानेर लेखे नेम लेखेको ठाउँमा स्मलकाजी । अरु त केही लेखिन ।
छेउकी केटीसँग सोध्ने मन पनि भएन । यो थाहा पाएपछि बाले के गर्ने हुन् डर भो । अनि खाली कपि बोकेर बुझाएँ । बाले केही सोधेनन् । चिउरा ख्याए । उकालो हिडाए ।
रिजेन्ट आयो फेल भाको । बालाई म देखेर भन्दा पढाउने मास्टर देखेर रिस उठेछ । गएर सोधेछन् केमा फेल भो ? नाम डवल लेखेछ । मास्टरले उत्तर दिएछन् । के लेखेछ ? स्मल काजी ।

[email protected]

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...