फोनिज कोरिया डट नेटका प्रधानसम्पादकलाई विदाई
सउल
कोरियामा लामो समयदेखि पत्रकारितामा पहिचान बनाएका फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र नेपाली राष्ट्रिय दैनिक कान्तिपुर प्रकाशनका कोरिया संवाददाता देवेन्द्र साम्वाहाम्फेलाई शनिबार सउलमा एक कार्यक्रम गरी सम्मान तथा विदाई गरिएको छ । फोनिज कोरिया शाखाले सम्मान तथा विदाई कार्यक्रम गरी अध्यक्ष मञ्जु गुरुइ०ले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सन २००४ साल जनवरी २८ मा कोरिया आएका पत्रकार साम्वाहाम्फे २०११ सालदेखि कान्तिपुर दैनिकको कोरिया संवादाता भएर काम शुरु गरेका थिए । वि.श. २०५२ सालबाट रुपरेखा साप्ताशिकबाट पत्रकारिता शुरुवात गरेका उनले स्पेशटाइम दैनिकमा स्तम्भकार बनेका थिए । नेपाली विषयमा स्नाकोत्तर गरेका उनले पत्रकारिताको स्वअध्ययन गरेका हुन् ।
पाचथर निवासी पत्रकार सम्वाहाम्फेले विर्तामोर्डका कन्काई आदर्श विद्यालयमा अध्यापन गराएका थिए । मोफसलबाटै पत्रकारिता शुरुवात गरेका उनले कोरियामा भने पहिलो पटक एक साइकल यात्रीको फिचर न्युज बनाएर पत्रकारितालाई निरन्तराता दिएका थिए । १२ वर्ष ७ महिना जति लगातार कोरिया बसाई अन्त गरी यही सेम्टेम्बर १९ तारिख नेपाल उनी फर्कदै छन् ।
कार्यक्रममा जनप्रगतिशिल मञ्चले पनि पत्रकार साम्बाहाम्फेलाई दोसल्ला अढोई सम्मान गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान, पत्रकार महासंघ दक्षिण कोरियाका पूर्व अध्यक्ष अशोक मैनाली, वर्तमान बरिष्ठ उपाध्यक्ष रञ्जन कुवर, बाग्लुइ० सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष तथा फोनिज कोरियाका उपाध्यक्ष यम श्रीस मगर, कोरियन कवि किम ह्यइ० ह्यो, चित्रकार बाबु साइला, जनप्रगतिशील मञ्चका बरिष्ठ सल्लाहकार दिलिप धिताल लगायतले पत्रकार साम्बाहाम्फे बारे चर्चा गरेका थिए ।