कोरियाबाट फर्किदा गायक प्रमोदको सुट्केश विमानस्थलमा फोडियो
काठमाण्डौ
दक्षिण कोरियामा कन्सर्ट सकेर नेपाल फकर्नेक्रममा त्रिभुवन विमानस्थलबाट बाहिर निस्कीदा आफ्नो सुटकेसको ताला फोडिएको गायक प्रमोद खरेलले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै गायक खरेलले बहुमुल्य सामान नभएकोले होला सामन भने केही पनि नहराएको बताएका छन् ।
उनले फेसबुकमा एउटा तडकारो प्रश्न भन्दै लेखेका छन गत हप्ता अमेरिकाबाट फर्कदा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट रिसीभ गर्दा नम्वर सिस्टमको लक तोडिएको पाइयो। त्यसको ठिक १० दिनपछि कोरियाबाट फर्कने क्रममा हिजो लगाएको ताला नै निकालिएको थियो । सामान्य कपडा मात्र राखिएको सुटकेशबाट दुवै चोटि कुनै पनि सामान भने झिकीएको छैन । शायद मूल्यवान सामान नभएर होला ।
दुवै चोटि विमानस्थलबाट बाहिर निस्केपछि मात्र ताला फेरिएको देखेकोले उजुरी गर्न पनि अप्ठेरो भयो। तर ताला कहॉ , किन , कसरी र कसले फोरेको होला ? थकित अवस्थामा फर्किएको म जस्ता यात्रु, अझ भनौ विमानस्थल वारे कमै थाहा हुने यात्रु, वर्षों विदेशमा काम गरेर फर्कने नेपाली वा नेपाल आउने पर्यटकले भोग्नु पर्ने यस्ता घिन लाग्दा हर्कतको अन्त्य कसरी होला ? विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न र प्रश्न उठाउनु हाम्रो अधिकार हो, किनकी विमानस्थल हामी सवैको हो र हाम्रो गौरव पनि ।
गायक प्रमोद खरेल दक्षिण कोरियामा झापा मिलन समाजले आयोजना गरेको कन्काइ सागीतिक सौगात कार्यक्रम सकेर शुक्रबार राती काठमाण्डौ आइपुगेका थिए ।