बेमौसमी फुल

कथा
साउने झरी, टिनले छाएको घरको छानोबाट दर्किएको पानीको आवाज प्रस्टै सुनिन्छ । घरमुनि बग्ने राति खोला आफ्नै पाराले सुसाउदै एकनासले बगिरहेको छ । घरको दलिनमा बास बसेका गौंथलीका बथान घरिघरि मसिनो स्वरले चु चु आवाज निकाल्दै घरि यता घरि उता र्फुरर उड्दै गुँडमा बस्दै गरिरहेका छन् । निताको बाल्यकाल यस्तै वातावरणमा बित्थ्यो । पानी परेको मौसम बाल्यकालमा अत्यन्तै रमणीय लाग्थ्यो अनि मुसुलधारे बर्षासंगै निता र उनका साथीहरु रुझी रुझी नाच्न खुब रमाउथे । ठुला मान्छेले देखे भने गालि गर्लान् भन्ने डरले उनीहरु घरबाट भागेर टाढा टाढा जान्थे अनि स्वतन्त्र रुपमा दर्के पानीको तालमा नाच्नुको आनन्द नै बेग्लै हुन्थ्यो । त्यो बचपन त्यो अनभिज्ञतापूर्ण वातावारण आज कुन क्षितिज पारी पुगी सकेको छ तैपनि ति बचपनका साथीसंगीहरु अहिले भने आफ्नै परिवार र बालबच्चाकासाथ आ आफ्नै जीवन रम्न थालेका छन् तर निताको भने परिवार र खुशी नै आफ्नो देश अनि जनता रह्यो । नितान्त जनता र देशको लागि केहि गर्ने अठोटका साथ सारा व्यक्तिगत चाहनालाई पर सारेर अघि बढेकी एक महान योद्धा हुन् उनि जसले आफ्नो सुख, खुसि सबै त्यागेर आफ्नो जीवन बलिदान दीइन १० वर्ष सम्म भूमिगत राजनीतिमा छिरेर ।
देशमा रहेका असंख्य भोकानांगा अनि शोसित र पिडित जनताको पक्षमा वकालत गर्ने महान् क्रान्तिकारी पार्टी मवोबादिमा १० कक्षाको पढाई गर्दा गर्दै होमिएकी थिईन् उनि । देशमा परिवर्तन आउनु पर्छ र सम्पूर्ण नागरिकले यो देशको समान नागरिकको हैसियतमा बाच्नु पाउनु पर्छ भन्ने महान् सामाजिक परिवर्तनका पक्षमा उभिएर उनि भूमिगत जीवन बिताउनु राजि भईन् । त्यति मात्र होइन यहाँका सम्पूर्ण आदिवासी जनजाती, महिला, मधेसी, दलित लगायत सम्पूर्ण वर्ग र समुदायको लागि आवाज बुलन्द गर्ने पार्टी नै मावोबादी पार्टी थियो जसले देशलाई साच्ची नै परिवर्तन गर्न सक्छ भन्नेमा उनि पुरापुर बिस्वस्त थिइन् । निताको बुबा कानुनका बिशेसज्ञ थिए त्यसैले होला उनले सानै उमेर देखि संसारका अनेकौ देशहरुमा संघिय बय्वास्था भएको र देशको साची नै परिवर्तन र अग्रगामी बिकाशको लागि यहाँ भएका भाषा धर्म, इतिहास र भूगोलको आधारमा देशलाई संघीय ढाचामा लानु पर्छ भन्ने मावोबादीको सिद्धान्तले पनि उनि प्रभावित भएकी थिइन् । त्यो भन्दा अघि उनले संबिधान सभा के हो यसले के गर्छ ? देशमा संघीय बयास्था किन चाहिन्छ भन्ने बारेमा कुनै पनि राजनीतिक पार्टीले वकालत सम्म गरेको पाएकी थिईनन । त्यसैले पनि उनको क्रान्तिकारी सोच र विचारसंग पार्टीको धारणा मेल खाएको थियो । बाच्न लेखेको रहेछ उनको जीवनमा त्यसैले त्यो दश बर्से जनयुद्ध सक्कियो तर उनि बाचिन् । घरका मान्छेले भने मायासम्म मारिसकेका थिए तर लेखेको कुरो मेटिन्न भन्छ त्यहि भयो उनको जीवनमा पनि, अनि घर फर्किन सफल भइन जब क्रान्तिकारी पार्टी मावोबादी शान्तिपूर्ण राजनीतिमा आए ।
बाहिर देख्नेले जे देखे पनि भोग्नेको पिडा अर्कै थियो । बाचिन् उनि तर कसरी बाचिन् कति कस्टले बाचिन् त्यो सिर्फ़ नितालाई मात्र थाहा छ । कैयन् मृत्युबाट बाचिन उनि अनि कैयन् दिन भोक र प्यास नभनी जंगलको बीचमा दिन र रात गुजारिन उनले । त्यो समय त्यति सरल र सहज थिएन जति अहिले बाहिरका मान्छेले कुरा गर्छन मावोबादी पार्टीको बारेमा । कतिपय ठाउमा गोलि चलाउनु पर्ने अनि पार्टीको आदेश मान्नु पर्ने परिस्थितिमा आफुलाई हारेको महसुस गर्थिन् उनि किनकी शत्रुलाई मार्नु पाप हो भन्ने सोच थियो उनको तर उनि व्यक्तिगत सोचमा नबगेर नितान्त पार्टीको स्वार्थको लागि हिड्नु पर्थ्यो त्यसैले उनले आफ्नो मुटु माथि बिशाल डुंगा राखेर दुस्मनको छातीमा गोलि बर्साउनु पर्थ्यो अनि आफ्नो ज्यान जोगाउने लक्ष्य राख्नु पर्थ्यो । कैयन् पटकको प्रहारमा उनीले आफुलाइ मरेको पाइन् तर बाच्नु रहेछ उनि अन्तिम अवस्था सम्म सत्रुलाई हराएर बाच्न सफल भईन् ।
यसरी लेखिएको संघर्षको कथा अहिलेको परिबेशमा नितालाई घरि घरि पार्टीले आफ्नो मुख्य उदेश्य छाडेर सम्झौताको नाममा आफ़ो सैदान्तिक विचारबाट अलगिएको भान हुन्छ। पार्टीका प्रमुख भन्नेहरुका स्वार्थका निम्ति मूल मुद्दाबाट आफु बाहिरिन थाले देखि नै निताको मनमा एकरुपमा खिन्नता आएको छ । महिला कोटाबाट समानुपातिक रुपमा उनलाई महिला सभासद सम्म त उनलाई बनाइयो तर पार्टीको हरेक निर्णयमा आफ्नो कुनै भूमिका नदेखे पछि उनमा क्रमश निराशाहरु देखा पर्न थालेका छ । पार्टीको सिदान्त सर्बहारा बर्गको निम्ति भनिए पनि अहिले यो पार्टीका प्रमुखहरुको सोच विचार र ब्यबहार नितान्त रुपमा अल्लगीएका छन् । पार्टीमा १० वर्ष सम्म भूमिगत बसेकाहरुको कुनै सम्मान छैन न त कुनै सुनाइँ नै छ यसका बिपरित शान्ति सम्झौता पछि पार्टीमा आवागमन भएकाहरुलाई भने विभिन्न मान र पद्भी दिएर पार्टीमा सम्मान गरिन्छ भने निताको त्यो संघर्स र बलिदानी कसको निम्ति थियो अहिले उनीभित्र आफै यक्ष प्रश्न खडा भएको छ ।
निताकै सहयात्री रमा हिजोमात्र लन्डनबाट केहि समयको लागि नेपाल फर्किएकी छिन् । बचपनमा संगै झरीमा रुझेकी अनि एउतै धाराको पानि पिएकी रमा आज दुइ सन्तानकी आमा बनेर सुखी जिवन बिताइरहेकी छिन् । उनै रमाले आज नितालाई भेट्नका लागि बोलाएका थिए तर निताको बिशेस काम परेकोले गाउ आएकी छिन् । आज उनले सोचेको जीवन, भोगेको जीवन र आफुले पाएको जीवन अलग अलग रुपमा अडिएको छ । कहिले काही आफु अडिएको जमिनको धरातल नै आफुले सोचेको सतह भन्दा टाढा पुगेको जस्तो लाग्छ उनलाई । आफ्नै पार्टीभित्रको खिचातानी प्रवित्ति, लोभ र लालचमा आफ्नो सिदान्तबाट अलगिएर शासन र सत्ताको प्रलोभनमा पर्ने अनि महिला अधिकार शोसित, पिडित भनेर जनतालाई झुक्काउने तर आफ्नो ब्यबहार र शैलीमा कहिले पनि परिवर्तन नगर्ने राजनीतिक पार्टी प्रति निराशा सिर्जना भएको छ । आखिर के नीताले सारा खुसि र जीवनको सुख त्यागेर पार्टीमा लागि परिन् के त्यो अहिले पाएको देखावटी सभासद र भत्ता कमाउनकाइ लागि हो त ? यदि होइन भने खोइ त निता जस्ता हजारौ महिलाको आवाज ? पार्टीको निर्णायक भूमिकामा सधै पुरुषको मात्र कुरा, निता जस्ता जीवन बलिदान गर्नेलाई एउटा पद्भी जस्तै थमाएर भत्ता खाने साधन बनाउने ? नितालाई यो कुरा पटक्कै चित्त बुझेको छैन ।
किनकिन रमाको फोन आए देखि एक तमाशाले निताको मन बरालिएको छ । उनि पनि आफुलाई माया गर्ने श्रीमान् , घरि घरि रुँदै सताउने केटाकेटीको कल्पनामा रंगीन पुग्छिन तर उनलाई यकिन छैन के अझै यो सम्भब छ ? समयले धेरै कोल्टे फेरिसकेको छ अहिले उनि ४० वर्ष पनि पार गरिसकेकी छिन् । जीवनलाई क्रान्तिमा आहुति दिने जुन प्रण थियो त्यसमा उनि करिब असफल जस्तै बनिन् तैपनि उनको त्याग र समर्पणलाई त्यतिकै माटोमा मिल्न दिने छैन उनले यहि प्रणका साथ् अगि बढ्दै छिन् अहिले । यधपी उनि पनि एक मानब न परिन् त्यतिमात्र होइन एक संबेदनशील महिला जसको देश र जनताको लागि परिवर्तन भन्दै जंगल नपसेको भए कुनै सुन्दर युबक संग बिबाह हुन्थ्यो होला अनि रमाको जस्तै खुसि दिने साना साना लालाबाला अनि दुख सुख साट्ने जीवन साथी हुन्थे होलान । तर अहिलेको उनको यो सोचाई उनलाई आफै ‘बेमौसमी फूल’ जस्तै लागेको छ किनकी समयले धेरै फड्को मरिसकेको छ उनलाई आफै यकिन छैन यो फेरी सम्भब छ या छैन ।
उनि काठमाडौँबाट गाउ पुगे बित्तिकै यो मौसमले नितालाई केहि समय बार्दलीमा सोच्ने मौका दिलायो, आफ्नो भावनासंग पैठेजोरी खेल्ने मौका दियो । अतित र बर्तमानको हेक्का भयो उनलाई यधपी सास रहुन्जेल आश रहन्छ भने झैँ फेरिपनि यी फूलहरु फुल्न सक्छन् कि भन्ने आशामा कोपिलाहरू टुसाउन थालेको छ तर थाहा छैन त्यो कल्पना अनि भावना यथार्त भन्दा कति टाढा रहने हो । यसरी सोच्दा सोच्दै झरी रोकिन्छ अनि सिर्फ़ बाकी रहन्छ । पारी जंगलमा कराएको सेल्लोक चरीको बिरहपूर्ण गितको आवाज अनि एकनासले सुस्ताएको काली नदीको आवाज । फ़ेरि पनि त्यहि सेल्लेकको चरीको धुन संगै डुब्न मन छ नितालाई तर यतिकै समयमा आमाको खाजा खान आइज भन्ने आग्रहले उनि झस्किन्छिन । यधपी दुबिधा मनमा अझै छदैछ के यो बेमौसमी फूल नै हो त ?
प्रतिकृयाको लागि [email protected]
लेखक्लाई भेट्नु सक्नु हुनेछ www.indirasite.com