“मेरो देश, मेरी आमा”
कविता :
माफ गर मेरो देश, मेरी आमा
म भुले नराम्रो त्यो नशामा
तिमी बाँच्यौ मेरै आशामा
म बाँचे कुसंस्कारकै संसारमा !!
अन्याय अत्याचार अति सह्यौ तिमी
साक्षी छ इतिहास अमर रह्यौ तिमी
बीर गोर्खाली जन्माउँदै बाँच्यौ सधैं तिमी !!
कहिल्यै नडराई अटल रह्यौ तिमी
दुख जति सबै लुकाई बाँच्यौ सधैं तिमी
अग्ला सारा हिमाल देखाई हाँस्यौ सधैं तिमी !!
ममताकी खानी तिमी छैनन् कोही पराई
सन्तति जति बीर भई जिते सारा लडाई
सार्वभौम सत्ता सम्पन्न नेपाल भनी चिनाई !!
बाँकी जीवन दान भो यो देशकै सेवामा
छोड्छु अब रम्न त्यो नराम्रो नशामा
गर्छु राम्रा काम, चिनाउँछु है सारा संसारमा !!